अपडेट 
२०७९ मंसिर २२, बिहीबार ०७:०१

नेपालमा आधुनिक मैथिलीको विकासको चर्चा भयो भने त पं. जीवनाथ झाको नाउँ छोडि़दैन । विशेष गरी जनकपुर क्षेत्रमा मैथिलीको विकासमा उनको महत्वपूर्ण योगदान रहेको छ । ज्ञानकूप विध्यालयको संस्कृत साहित्यको शिक्षक भएको हुँदा उनी साहित्य गुरुजीको नामले बढ़ी प्रख्यात हुनुहुन्थ्यो । तर उनी आफनो मातृभाषा मैथिलीको अनन्य साधक हुनुहुन्थ्यो । प्रायः प्रत्येक मैथिलीको कार्यक्रममा उनको उपस्थिति अनवार्य रुपले रहन्थयो । विध्यालयबाट अवकाश पाएपछि पनि जनकपुरको मैथिलीको कुनै कार्यक्रममा उपस्थित रहँदै आउनु भएको थियो । डा.धीरेन्द्र जनकपुर कौलेजको मैथिली प्राध्यापकको रुपमा आएपछि उनले पनि पं. जीवनाथ झालाई अत्यन्त आदर र सम्मान गनुर्् हुन्थ्यो र उनलाई उनी ‘ भाइ’ भनेर सम्बोधन गर्नु हुन्स्थ्यो ।

डा. धीरेन्द्रको जनकपुर आगमन पछि त दुवै दाजु भाई बेगर कुनै मैथिलीको कार्यक्रम हुन सकेन । शिक्षाको क्षेत्रमा प्रख्यात सरस्वती विद्यालयका प्राधानाध्यापक स्व. गंगाधर दत्त जो पछि जनकपुर कौलेजको संस्थापक प्रिन्सीपल हुनुभयो पं. जीवनाथ झालाई नीकै आदर र सम्मान गर्ने गर्नु भएको थियो । स्कूल एवं कौलेजको कुनै साहित्यिक एवं साँस्कृतिक कार्यक्रम पं. जीवनाथ झा बेगर भएको देखिएन । जनकपुर कौलेजको स्थापना पश्चात प्रत्येक वर्ष मनाइने विद्यापति स्मृति पर्वको प्रमुखवक्ता उहाँले नै रहनु हुन्थ्यो । सन् १९५७ ई.मा धनुषा जिल्लाको देवपुरामा बड़ादशैंको अवसरमा नवमी तिथीमा देवपुरा कै कामेश्वर झाद्वारा पं. जीवनाथ झाद्वारा लिखित नाटक दुर्गा विजयक भव्य संचन भएको थियो जसमा पं. जीवनाथ झाद्वारा दृश्यकाव्य माथि काव्यशास्त्रीय सारगर्भित व्याख्यान भएको थियो । जनकपुरमा उनको आवास ज्ञानकूप विद्यालयको परिसरमा नै थियो । जनकपुरको होस अथवा यसको अन्य क्षेत्रका होस विद्वानहरुको समक्ष वैदिक एवं कर्मकाण्ड सम्बन्धी कुनै पनि समस्या भएपछि उनी समक्ष नै एकत्रित भएर छलफल गरिन्थ्यो र निष्कर्ष निकालिन्थ्यो । पं. जीवनाथ झा एउटा लव्ध प्रतिष्ठित विद्वान हुनुहुन्थ्यो । यस क्षेत्रभन्दा बाहिर पनि उहाँको प्रतिष्ठा न्यून थिएन । पं. जीवनाथ झा माथि उनको पिता महावैयाकरण दीनबन्धु झाको गहिरो प्रभाव थियो जो उनी स्वीकार गर्नु भएको थियो । उनको भनाइमा उनको ज्ञानको श्रोत उनका पिताजी नै थिए । साहित्यिक यात्रा उनको प्रथम मैथिली प्रकाशित रचना थियो कविता र त्यस कविताको शीर्षक थियो ‘कामना’ जो “मिथिला मित्र” पत्रिकामा सन् १९३१ ई. मा प्रकाशित भएको थियो । त्यो कविता लेख्ने प्रेरणा सीताराम झाको कविताबाट पाउनु भएको थियो ।

पं. जीवनाथ झा कवि, नाटककार, निबन्धकार र आलोचक पनि हुनुहुन्थयो । तर सब भन्दा बढ़ी उनको मन कविता लेखनमा रमाउथ्यो । उनी भाषा बैज्ञानिक पनि हुनुहुन्थ्यो र मैथिली र नेपाली भाषाको भाषिक सम्बन्धमा उनको एउटा ठूलो निबन्ध पटनाबाट प्रकाशित मैथिली पत्रिका “मिथिला मिहिर” मा प्रकाशित भएको थियो । उनी संस्कृतका विद्वान त थिए नै नेपाली, मैथिली, हिन्दी, बंगला तथा अंग्रेजीको राम्रो ज्ञान थियो । जीवनाथ झालाई पूर्ववर्ती र समकालीन साहित्यकारहरुमा मधुप, किरण, सुमन, भुवनेश्वर सिंह भुवन, भोला लाल दास, सीताराम झा एवं अच्युतानन्द दत्त, महावीर झा ‘वीर’, धनुषधारी लाल दास, आदि सँग राम्रो सम्बन्ध थियो । भुवनेश्वर सिंह भुवनजीले त “आनन्द विजया विधान नाटिका” को भूमिकामा त उनको चर्चा पनि गनुर्् भएको छ । भुवन जी सँग उनको नजीकको सम्बन्ध रहेको थियो । उनको परवर्ती मैथिली साहित्यकारहरमा डा.धीरेन्द्र, गोविन्द झा, चन्द्रनाथ मिश्र अमर, मथुरानन्द चौधरी ‘माथुर’, सुधान्शु शेखर चौधरी आदि उनलाई अत्यन्त श्रद्धा गर्नु हुन्थ्यो । अर्थात साहित्यकारहरुमा पनि नीकै समाद्रित थिए । नेपाली फाँटका मैथिली साहित्यकारहरुमा रामभरोस कापडि ‘भ्रमर’, रेवतीरमण लाल तथा भुवनेश्वर पाण्डेय माथि राम्रो भरोसा देखाउनु भएको थियो । उनका पुस्तककार मैथिली रचनाहरुमा (१) कल्पना (काव्य) (२) रावणवद्ध (महाकाव्य), (३) कालिदास गौरव (एकांकी) (४) दुर्गा विजय नाटक, (५) अयाची शंकर (एकांकी) (६) याज्ञवल्क्य विजय (एकांकी), (७) जल्पना (कविता संग्रह), (८) अहिल्योद्धार (एकांकी), (९) वीर नरेन्द्र नाटक, (१०) राजा दिलीप (एकांकी), (११) दोष ककर (दोष परिचय), (१२) गल्प गुच्छ (कथा संग्रह), (१३) नैषदीय चरित्र (गद्यकाव्य), (१४) निबन्धावली (गद्यकाव्य) आदि प्रमुख छन । उपरोक्त पुस्तकहरुको विवरणमा नाटकको आधीक्य भएको देखिन्छ तर रावणबद्ध सदृश विलक्षण महाकाव्यको पनि प्रणयन भएको देखिन्छ । उनका नाटकहरुमा दुर्गा विजय नाटक नीकै बेर मंचन भएको थियो र चर्चित पनि भएको थियो ।

उनी जबसम्म जनकपुरमा बस्नुभयो दिउँसो अध्ययन अध्यापन कार्यले गर्दा राति अथवा बिहान पढ्न लेखन कार्य गर्नु हुन्थ्यो । आधुनिक नाटकको प्रसंग उनको विचारमा यी नाटकहरुमा अभिनयतामा बढी बल दिउसो देखिन्छ । यो ठीक होइन । कथावस्तुमा ध्यान दिनुपर्ने आवश्यक छ । प्राचीन नाटकहरु उहाँ बढी रुचाउनु हुन्थ्यो, यसमा कथोपकथन, रचना शेली, आदि उत्कृष्ट कोटिको हुन्थ्यो । मात्र अभिनयको दृष्टिले लेखिएका नाटकहरुलाई उनी रुचाउन हुन थिएन । मैथिलीको कीर्तनिया नाटकको प्रसंग उनको विचार यो थियो कि कीर्तनिया नाटक नाच र नाटक दुवैको संधिस्थल थियो । उनी कीर्तनिया नाटक हेर्नु भएको थियो । उनको विचार यस्ता नाटकहरुमा नाचको लक्षण पनि हुन्थयो भने नाटकको लक्षण पनि हुन्थ्यो । त्यसमा अभिनय क्षमताको साथे कथोपकथन पनि रहन्थ्यो । त्यसमा नृत्यको साथ गीत गाइने गरिन्थयो । यस प्रकार त्यो नाच पनि थियो र नाटक पनि । जो विद्वान उसलाई नाच भन्नुहुन्छ त्यो पनि ठीक र जो नाटक भन्नुहुन्छ त्यो पनि ठीक । जीवनाथ झाको भाषा पांडित्यपूर्ण हुन्थयो । तर त्यसको प्रयोग यस प्रकारले गर्नु हुन्थ्यो कि त्यो सामान्य जस्तो नै लाग्दथियो । पं. जीवनाथ झा जबसम्म जीवित रहनु भयो मैथिलीको उन्नयनको लागि सदैव प्रयत्नशील रहनु भयो । उनी मैथिलीको साहित्य भण्डारलाई आफनो तर्पmबाट केही न केही गरी रहनु भएको थियो । म दर्जन भन्दा बढी साक्षात्कार गरी सकेको छु तर डा.धीरेन्द्र ज्यूले जब मलाई साहित्यिक विधा साक्षात्कार तर्पm काम गर्न भन्नु भयो त सर्वप्रथम उहाँले मलाई पं. जीवनाथ झा सँग नै साक्षात्कार लिन भन्नुभयो र पं. जीवनाथ झासँग मेरो पहिलो साक्षात्कार थियो जो पण्डितजीको ज्ञानकूप विद्यालयको परिसर स्थित उहाँको आवासमा ने दुई दिनसम्म यो साक्षात्कार चलेको थियो । मेरो प्रथम प्रकाशित साक्षात्कार नाउँको पुस्तकमा पं. जीवनाथ झाको यो साक्षात्कार संकलित छ । पं. जीवनाथ झा मैथिलीका सुप्रसिद्ध वैयाकरण दीनबन्धु झाका पुत्र र मैथिलीका सुप्रसिद्ध भाषाविद् एवं विद्वान पं. गोविन्द झा को दाजू हुनुहुन्थ्यो ।

Comment

Related News

Latest News

Trending News