अपडेट 
२०७९ मंसिर २३, शुक्रबार ०८:०१

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयको आयोजना र शम्भुनाथ नगरपालिकाको समन्वयमा आयोजित बाल अधिकार शिविर तथा बाल अधिकार समूहको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष रामप्रित पासवानले जन्मदेखि नै सुरु हुने सिकाइ प्रक्रिया जीवन्त रहुञ्जेल निरन्तर भइरहने बताएका छन् । इन्सेकले प्रदान गरेको दुई दिने क्षमता अभिवृद्धि तालिमले उल्लेख्य र अतिआवश्यक मानव अधिकार र बाल अधिकारका विषय वस्तुहरुलाई स्पष्ट पार्न सहयोग पु¥याएको उनले बताए । शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जीतेन्द्र गुप्ताले तालिमबाट बालबालिकाहरुको मानसिक र सामाजिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । बालबालिकाहरुले आफ्नो परिवार र समुदायमा बाल अधिकार र मानव अधिकार शिक्षालाई व्यापक रुपमा अगाडि बढाउन सके मात्रै बालमैत्री र मानव अधिकारमैत्री समाजको स्थापना गर्न सकिने नगर प्रमुख गुप्ताले बताए । उनले यस कार्यका लागि इन्सेक र नगरपालिका सँग–सँगै रहेर कार्य गर्ने प्रतिबद्धतासमेत जनाए ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार साहले बालबालिकाको क्षेत्रमा नगरपालिकाले गम्भीरतापूर्वक नीति र कार्ययोजना निर्माण गर्न आवश्यक रहेकोले इन्सेकले कार्यक्रममार्फत नगरपालिकालाई सचेत र सजग बनाएको बताएका छन् ।

Comment

Related News

Latest News

Trending News