अपडेट 
२०७९ मंसिर २३, शुक्रबार ०८:२६

धनुषा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता रामकृष्ण यादवको जितविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

नेकपा एमालेका नेता उमाशंकर अरगरियाले धाँधली भएको दाबीसहित पुनः मतगणनाको माग गरेर रिट हालेका छन्। यादवले २० हजार १ सय १२ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमाशंकर अरगरियाले १९ हजार ९ सय ५५ मत ल्याएका थिए। अरगरियाले धाँधली गरेर कांग्रेसका यादवलाई जिताएको दाबीसहित निर्वाचन अधिकृतको कार्यालयविरुद्ध सर्वोच्चमा मुद्दा हालेका छन्। रिटमाथि संवैधानिक इजलासले (आज) शुक्रबार सुनुवाइ गर्ने भएको छ ।

Comment


Related News