अपडेट 
२०७९ मंसिर २३, शुक्रबार ०८:३१

धनुषाको ढल्केवरमा व्यवसायीहरुले बैंकहरुले बढाएको चर्को ब्याजविरुद्ध प्रदर्शन गरेका छन् ।

मिथिला उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार ढल्केवरमा व्यवसायीहरुले विरोध प्रदर्शन गरिएका छन् । बैंकहरुले बढाएको ब्याजदरको विरोध गर्दै व्यवसायीहरुले ‘मौद्रिक नीति परिमार्जन गर, ५० प्रतिशत नगद मार्जिन व्यवस्था खारेज गर, व्यवसाय गरी खान देउ’जस्ता मागहरु लेखिएको पर्चा तथा ब्यानर बोकेर ढल्केवर चोकमा शान्तिपूर्ण प्रदर्शन गरेका थिए । मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका अध्यक्ष तेजनारायण साहले बैंकले ब्याज वृद्धि गर्दा व्यवसायीहरु मारमा परेको बताएका छन् । बैंकहरुले बढाएको ब्याज तत्कालै फिर्ता लिन र व्यवसायीलाई सहज किसिमले व्यवसाय गर्ने वातावरण मिलाउन उनले आग्रह गरे । अध्यक्ष साहले कर्जाको ब्याजदरमा भएको अस्वभाविक वृद्धिले उद्योग व्यवसायी नै धराशायी बन्दै गएकाले विरोधमा उत्रिनु परेको जानकारी दिए ।

बैंकले ब्याजदर नघटाएसम्म निरन्तर प्रदर्शन गरिरहने उनीहरुले बताए । व्यवसायीहरुले बैंकको चर्को ब्याजविरुद्ध गरिएको प्रदर्शनमा जानकी अटोमोबाइल्स एसोशियसन अफ नेपाल मधेश प्रदेशका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।

Comment

Related News

Latest News

Trending News