२०७९ मंसिर २३, शुक्रबार ०८:४१
धनुषाको महेन्द्रनगरमा बुधबार राति भएको एक इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ । मिथिला नगरपालिका –२ नकटाझिजका हिरा महतोको महेन्द्रनगरस्थित हिरा इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ ।
आगलागीले लाखौँ रुपियाँ बराबरको क्षति भएको छ । आगलागीबाट करिब ३० लाख रुपियाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको पसलका सञ्चालक महतोले बताए । पसलमा भएको फ्रिज, एलएडी टिभी, राइसकुकर, ग्याँस चुल्हो, इन्भर्टरलगायतका सामानहरु पूर्णरुपमा जलेर नष्ट भएको महतोले जानकारी दिए । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले इलेक्ट्रोनिक पसलमा आगलागी हुनुको कारण खुल्न नसकेको बताएका छन् । विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान रहेको यादवले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।


