अपडेट 
२०७९ मंसिर २३, शुक्रबार ०८:५०

युवाहरुलाई स्थानीय तहको काम कारबाहीको विषयमा जानकारी दिने उद्देश्यले बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले बकुलियामा नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न गरेको छ ।

राष्ट्रिय युवा परिषद्को सहकार्यमा उपमहानगरपालिकाले उपमहानगरको २४ वटै वडाहरुबाट आएका युवाहरुलाई चार दिने प्रशिक्षण दिएको थियो । उपमहानगरको वडा नं.५ मा सम्पन्न चार दिने प्रशिक्षणमा बजेट ,नियमावली ,कार्यसञ्चालन ,बैठक र नगरभा सञ्चालनको विषयमा जानकारी दिँदै प्रयोगात्मक अभ्यास गराइएको थियो । कार्यक्रममा युवाहरुलाई राष्ट्रिय युवा परिषद्का प्रशिक्षक रञ्जन पौडेल ,श्याम साह र रञ्जना नेपालले प्रशिक्षण दिएका थिए । ज ी त प ु र िस म र ा उपमहानगरपालिकाका नगर उप प्रमुख भोला अधिकारीले युवाहरु देशको मेरुदण्ड भएकाले देशको हरेक गतिविधिको विषयमा जागरुक भइ त्यसको सूक्ष्म विश्लेषण गर्नुपर्नेमा जोड दिए ।

युवाहरुको वृद्धि र विकासका लागि प्रत्येक स्थानीय तहले छुट्याएको रकमप्रति युवाहरुले त्यसको सही सदुपयोगका लागि निगरानी गर्नुपर्ने सल्लाह दिए । मंसिर १९ गते सुरु भएको नमुना युवा संसद अभ्यास कार्यक्रम २२ गतेसम्म सञ्चालन भएको थियो । क ा र्य त्र m म क ा े सहजीकरण जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा ,युवा तथा खेलकुद महाशाखाका प्रमुख उप सचिव शिवजी प्रसादले गरेका थिए ।

Comment

Related News