अपडेट 
२०७९ मंसिर २३, शुक्रबार ०८:५६

जनकपुरधाममा अन्तर बैंक प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता २०७९ बिहीबारबाट सुरु भएको छ ।

नेपाल राष्ट «बैंक कर्मचारी संघ, जनकपुरधाम समितिद्वारा आयोजित उक्त प्रतियोगिता जनकपुरधामस्थित तिरहुतिया गाछीमा सुरु भएको छ । संघका अध्यक्ष सियाराम यादव र नेपाल राष्ट्र बैंक जनकपुरधामकी कार्यालय प्रमुख निरा ताल्चाभंडेलले संयुक्त रुपमा प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए । प्रतियोगितामा कुल १८ वटा बैंकका कर्मचारी टीमको सहभागिता रहेको छ । पहिलो दिनको खेल अन्तर्गत भएको चारवटा खेलहरुमध्ये, सिभिल बैंक र प्रभु बैंकबीचको पहिलो खेलमा सिभल बैंक ३१ रनले जित हासिल गर्न सफल भयो । उक्त खेलमा सिभिल बैंकले २ विकेट गुमाउदै जम्मा १०४ रन बनाएको थियो भने प्रभु बैंकले ५ विकेट गुमाएर जम्मा ७१ रन बनाएको थियो । खेलको म्यान अफ द म्याच सिभिल बैंकका राजन कुमार साह भएका थिए । त्यस्तै,एनएमबी र एमबीएलबीच भएको दोस्रो खेलमा एमबीएल बैंक २३ रनले जित्यो । एमबीएलले ५ विकेट गुमाउँदै १० अभरमा जम्मा ९७ रन बनाएको थियो भने, एनएमबीले ८.५ अभरमा १० विकेट गुमाउँदै जम्मा ७४ रन बनाएको थियो । उक्त खेलको म्यान अफ द म्याच एमबीएलका घनश्याम ठाकुर भएका छन् ।त्यस्तै,नेपाल राष्ट्र बैंक र बैंक अफ काठमाण्डुबीच भएको तेस्रो खेलमा नेपाल राष्ट्र बैंकले ४ अभर गुमाउँदै ४३ रन ल्याएर जीत हासिल गर्यो । बैंक अफ काठमाण्डुको टिमले १० अभरमा ९ विकेट गुमाउँदै जम्मा ४१ रन बनाएको थियो । उक्त खेलको म्यान अफ द म्याच नेपाल राष्ट्र बैंकका धिरेन्द्र शर्मा भए ।

त्यस्तै, पहिलो दिनको अन्तिम खेलमा लक्ष्मी बैंकले ६.५ अभरमा ३ विकेट गुमाउँदै जम्मा ६१ रन बनाएर जीत हासिल गरेको थियो । उक्त खेलमा नबिल बैंकले १० अभरमा ७ विकेट गुमाउँदै जम्मा ६० रन बनाएको थियो । उक्त खेलको म्यान अफ द म्याच लक्ष्मी बैंकका सुलभ झा भएका थिए । तीन दिनसम्म चल्ने प्रतियोगिताको अन्तिम खेलको दुबै टीम, म्यान अफ द म्याच, म्यान अफ द टुर्नामेन्टलाई ट्रफी, मेडल, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरिने छ ।

Comment


Related News

Latest News

Trending News