अपडेट 
२०७९ मंसिर २३, शुक्रबार १३:३२

सिरहामा पिकअपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । लहान नगरपालिका-३ मा बिहीबार राति भएको दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका-२३ का २४ वर्षीय मुकेश साह र २२ वर्षीय विवश खनाल घाइते भएका थिए । 

घाइते दुवैको धमिनी अस्पतालमा उपचार भइरहेकोमा उपचारकै क्रममा मुकेशको भने मृत्यु भएको हो । बिहीबार राति साढे ११ बजे बा १९ च ६९३२ नम्बरको पिकअपले पैदल यात्रीद्वयलाई ठक्कर दिएको हो । 

सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लहानले जानकारी दिएको छ ।

Comment

Related News

Latest News

Trending News