अपडेट 
२०७९ मंसिर २३, शुक्रबार १३:३७

नेकपा एमालेले आज शुक्रबारका लागि बोलाएको सचिवालय बैठक स्थगित भएको छ।

दिउँसो १ बजेका लागि बोलाएको बैठक स्थगित भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। उनका अनुसार अर्को बैठकको मिति र समयबारे छलफल भइरहेको भन्दै निश्चित भएपछि जानकारी दिने बताए। निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरुको सूची मागेपछि त्यसबारे निर्णय गर्न एमालेले आज बैठक बोलाएको थियो। आयोगले दलहरुलाई भोलि शनिबारसम्म नाम बुझाउन भनेको छ।

Comment


Related News

Latest News

Trending News