अपडेट 
२०७९ मंसिर २३, शुक्रबार १५:५३

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले मुलुकमा संघियताको औचित्य नभएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यलयले कपिलवस्तुमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता विप्लवले वर्तमान संघीयता जनताको लागी नभई नेता व्यवस्थापनको मात्र भएकाले मुलुकमा संघीयताको औचित्य नभएको बताउनुभएको हो । साक्षात्कार कार्यक्रममा महासचिव चन्दले प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरुको औचित्य नभएको प्रस्ट पारेको बताउनुभयो । उहाँले राज्य आर्थिक संकटको भुमरीमा फसेकोले राज्यले बिशेष आर्थिक निति नल्याए नेपाल श्रीलंका भन्दा थप संकटमा पर्ने उल्लेख गर्नुभयो । उहाँले आफुहरुले थालेको क्रान्ती मान्छे मार्ने नभई वैज्ञानिक समाजवाद ल्याएर आर्थिक क्रान्ती गरि देशको स्वाधीन अर्थतन्त्रको क्रान्ती गरेको प्रष्ट पार्नुभयो । महासचिव चन्दले भर्खरै सम्पन्न मंसिर ४ को निर्वाचनले जनतामा खुसी,उल्लास नछाएको भन्दै दल र दलका नेताहरु सुध्रिनुपर्नेमा जोड दिनुभयो । उहाँले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा गरिएको ३ बुँदे सहमति भएको र वर्तमान सरकार संग पनि सहमति कार्यान्वयन गर्नका लागि विभिन्न कोणबाट छलफल भईरहेको बताउनुभयो ।

महासचिव चन्दले नेपालमा कम्युनिष्टहरु बलियो हुदाँ कम्युनिष्ट र देश सिध्याउन चाहाने विदेशी शक्तीहरुको निन्द्रा हराम भएको भन्दै उहाँले नेपालमा कम्युनिष्ट पार्टिहरु एक हुनुपर्ने बताउनुभयो ।

Comment


Related News