
जनकपुरधामको जनक चौकस्थित एक रेडिमेड पसलमा आगलगी भएको छ ।
शुक्रबार राति ११ बजेतिर जनक चौकबाट जानकी मन्दिर जाने बाटो छेउमा रहेको शिवानी रेडिमेड पसल भित्र आगलगी भएको हो । पसलको माथी र सटरको छेउबाट धुँवा निस्केको देखेपछि स्थानीयवासीले प्रसासनलाई खबर गरेको थियो । केहि बेरमै प्रहरी प्रशासन र दमकल आई पुगेर आगो निभाउने प्रयास गरेको थियो । केहि बेरमै आगो नियन्त्रणमा आएतापनि पसल भित्रको सबै सामान जलेर नष्ट भएको छ । पसल भित्र आगो लाग्नुको कारण र क्षतीको विवरण आउन बाँकी रहेको छ ।
Please subscribe our official youtube channel below and support us.