अपडेट 
२०७९ मंसिर २४, शनिबार ०८:०४

रौतहटको कटहरिया नगरपालिकाका भूमिहीन सुकुम्बासीको घरमा बिजुली बल्न थालेपछि उनीहरू मक्ख परेका छन्।

वर्षौंदेखि अन्धकारमा बसेका उनीहरूको घरमा विद्युतीय मिटर जडान गरिएको छ । दिगो समाधान परियोजनामार्फत अति विपन्न परिवारलाई सरकारी सेवा र सुविधामा पहुँच पुर्याउन वडाध्यक्ष भूपेन्द्र महतोको सक्रियतामा बिजुलीको मिटर जडान गरी बत्ती बालिएको छ । नगरपालिकाको वडा नं. १ भसेडवाबाट सुरु गरिएको मिटर वितरण ३, ४ र ९ नम्बर वडाका सुकुम्बासीलाई पनि वितरण गरिने वडाध्यक्ष महतोले बताए । उनका अनुसार पहिलो चरणमा वडा नं. १ का २९ सुकुम्बासी घरपरिवारलाई मिटर वितरण गरी जडान गरिने छ । मिटर जडान भइ घरमा बिजुली बल्दा मन नै उज्यालो भएको अनुभूति सुनाउँदै स्थानीय उर्मिलादेवी दासले गरिबका घरमा पनि बिजुली बल्दा साह्रै खुशी भइन ।

‘मिटर जडान गराउँदा जग्गाको लालपूर्जाको फोटोकपी बुझाउनु पर्ने प्रावधान हुँदा भूमिहीन सुकुम्बासी अन्धकारमा बस्न बाध्य थिए। स्थानीय हफुजलमिया दर्जीले भने, ‘बत्ती बल्दा सुकुम्बासी बस्तीमा खुशियाली छाएको छ ।’

Comment


Related News

Latest News

Trending News