अपडेट 
२०७९ मंसिर २४, शनिबार ०८:२३

पुरानो सांसदहरुलाई विदाई गरिसकेको मधेश प्रदेशसभा नयाँ प्रदेश सांसदको पखाईमा रहेको छ ।

नयाँ सांसद आउने भएपछि प्रदेशसभा सचिवालयले अहिले प्रदेश सभाको सरसफाई देखि मर्मत सम्भारमा कार्यलाई तीव्रता दिइएको छ । प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले नयाँ सांसद आउनु अघि सभाको सरसफाईदेखि सामान्य मर्मत सम्भारमा ध्यान दिएको बताएका छन् । रंगरोगन पहिलादेखि नै भइसकेको छ । मर्मत सम्भार पनि खासै गर्नुपर्ने ठाउँ छैन । सबै ठिकठाक अवस्थामा छ, सचिव यादवले भने,‘ तैपनि हामीले प्रदेशसभा सक्दो राम्रो देखियोस् भन्ने उद्देश्यले सरसफाई देखि सामान्य मर्मत सम्भारमा जोड दिएका छौ ।’ प्रदेश सरकारले यसका लागि थप बजेट विनियोजन नगरेको र आफूहरुले पनि माग नगरेको सचिव यादवले बताए । ‘हामीले प्रदेश सभाको मर्मंत सम्भार तथा रंगरोगनका लागि थप वजेट मागेका छैनौ न त सरकारले नै दिएको छ, सचिव यादवले भने,‘दुई/तीन वर्ष अघि मात्रै रंगरोगन र मर्मत सम्भार गराएका थियौ, थप रंगरोगनको तत्काल आवश्यकता नदेखिएकोले हामीले बजेट माग गरेनौ ।

’ मधेश प्रदेशसभा सचिवालय अहिले जनकपुरधाम उपमहानगरपालिका –१२ स्थित शैक्षिक तालिम केन्द्रको भवनमा छ । प्रदेशसभा सचिवालयको आफ्नो भवन छैन । शैक्षिक तालिम केन्द्र अहिले अन्त सारिएको छ ।

Comment


Related News

Latest News

Trending News