अपडेट 
२०७९ मंसिर २४, शनिबार ०८:२७

सिरहाको कर्जन्हा नगरपालिका र फूलकुमारी महतो मेमोरियल अस्पतालले पालिकामा पाठेघर र हाइड्रोसिलका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ ।

पालिकामा पाठेघर खसेका महिला र हाइड्रोसिल भएका पुरुषको निःशुल्क शल्यक्रिया सहितको उपचार उपलब्ध गराउने पालिका र अस्पतालको साझेदारी भएको छ । कर्जन्हा नगरपालिका अस्पतालबीच पाठेघर खसेका महिला र हाइड्रोसिल भएका पुरुषको शल्यक्रियाका लागि क्रमशः अधिकत्तम २६ र ७ हजार दिने सहमति भएको प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले जानकारी दिए । निःशुल्क शल्यक्रिया सेवा, बेड चार्ज, उपचार, औषधि खानाको सुविधा र ऐम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News