अपडेट 
२०७९ मंसिर २४, शनिबार ०८:३२

रौतहट जिल्लाको वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले उपप्रमुखले आर्थिक लाभ लिने मनसायले गलत आरोप लगाउने गरेको बताएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी नगर प्रमुख कुर्मीले उपप्रमुख संगीता देवी राम नियमित रुपमा नगरपालिकाको कार्यमा सहभागी नहुँदा विकास निर्माणका कार्यहरू प्रभावित हुन पुगेको बताए । चालु आर्थिक वर्षको लागि छुट्याइएको २५ करोड रकममध्ये ३ करोड निजी रुपमा संचालन गर्नका लागि माग गर्दा विकासको योजना संचालनबाहेक रकम भागबण्डा गर्न नसकिने जवाफ दिएपछि उपप्रमुख रामले सामाजिक संजाल मार्फत मिथ्या आरोप लगाउने कार्य गरेको टिप्पणी गरे । उनले भने न्यायिक समिति संचालन गर्नका लागि रकम,कर्मचारी, भवनको व्यवस्था गरेको छु,आफै नगरपालिका आउँदैन, नगरपालिकाको विषयगत समितिका जिम्मेवारी पाएका उपप्रमुख राम अहिलेसम्म कुनै बैठकमा उपस्थित नभएको कारण बजेट संचालन समस्या उत्पन्न भइरहेको उल्लेख गरे । पूर्व जनप्रतिनिधिले गर्न नसकेको कार्य ६ महिनामा गरेर देखाएको दाबी गर्दै निर्वाचनको बेला जनतामाझ गरेको वाचा पूरा गर्न एक इन्च पनि पछि नहट्ने बताए । उपप्रमुखको उद्देश्य कुनै हालतमा पूरा हुन नदिने बताउँदै मेयर कुर्मीले उपप्रमुख कार्यालय नआए कानून बमोजिम अर्को विकल्प रोज्ने चेतावनी दिए । राजनीतिको कारण ठूलो आर्थिक क्षति भएको दुखेसो पोख्दै नगर प्रमुख ३ करोडको माग कुनै पनि हालतमा पूरा गर्न सकिदैन बरु राजिनामा दिने छु,उपप्रमुख बैठकमा सहभागी नहँुदा बागमती एनडिआईको टेन्डर, किसानको लागि मलखाद वितरण, बजेट कार्यान्वयन गर्न कठिनाई भएको उनले जानकारी दिए ।

नगर प्रमुख कुर्मीले उपप्रमुखको श्रीमान अरुण रामले गाडी मर्मतको नाममा ११ लाख रकमको माग गरेकोमा त्यो नदिदा गलत आरोप लगाउने गरेको बताउँदै उपप्रमुखबाट आफै पीडित भएको उल्लेख गरेका छन् । १ करोड ५० लाख शिक्षा, १ करोड स्वास्थ्य,१ करोड कृषि तथा ८० लाखको दरले वडा स्तरीय बजेट विनियोजन गरिएको जानकारी दिदै मेयर कुर्मीले निष्पक्ष, निस्वार्थ रुपमा जनताको लागि काम गर्ने भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाए ।

Comment


Related News

Latest News

Trending News