अपडेट 
२०७९ मंसिर २४, शनिबार ०८:४५

जनकपुरधामको जिरोमाइल स्थित म्याक्सलाइफ हस्पिटलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा अस्पतालका नर्श, चिकित्सक, सञ्चालक, कर्मचारी र बिरामीका आफन्त लगायत दर्जनौंले रक्तदान गरेका छन् । अस्पतालले रगत अभाव हुँदा दैनिक सैयौं जना रेडक्रसमा पुग्ने गरेको भए पनि रक्तदान गर्न अग्रसर्ता नदेखिएका कारण जनचेतना र रेडक्रसलाई सहयोग गर्नका लागि रक्तदान कार्यक्रमको आयोजना गरि संस्थाको वार्षिकोत्सवमा मात्रै रक्तदान गर्ने आजभोलि परम्परा चलेको हुनाले, अस्पतालले कुनै खास दिवस वा कारण नभए पनि रक्तदान कार्यक्रम गरेर रगत अभावको समस्या समाधान गर्न अलिकति भए पनि आफ्नो तर्फबाट प्रयास गर्न खोजेको अस्पतालका कन्सलटेन्ट गाइनोकोलेजिष्ट डा. मुरारी ठाकुरले बताए ।

त्यस्तै, अस्पताल का डा.अभिजित साहले रक्तदान गरेर सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीलाई धन्यवाद व्यक्त दिएका थिए ।

Comment

Related News