अपडेट 
२०७९ मंसिर २४, शनिबार १४:३७

शुक्रबार राति महोत्तरीको बर्दिबासमा तीन वटा पसलमा चोरी भएको छ । बर्दिबासस्थित पन्चधुरा मसला मिल तथा महादेव जेनरल किराना पसल, खड्का सप्लायर्स कोल्ड र आराध्य अटो मोटर पार्टस एण्ड सर्भिसेज सेन्टरबाट चोरी भएको हो ।

खड्का सप्लायर्स कोल्ड स्टोरबाट सामान र नगद गरी झण्डै ७० हजार, पन्चधुरा मसला मिल तथा महादेव जेनेरल स्टोरबाट सामान र नगद गरी झण्डै एक लाख बराबरको सामान चोरी भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ  ।

त्यसैगरी आराध्या मोटर पार्टसबाट सामान र नगद गरी दुई  हजार बराबरको चोरी भएको उक्त मोटर पार्टसका सञ्चालक बिक्रम थापाले जानकारी दिए ।आराध्य मोटर पार्टस र खड्का सप्लायर्स कोल्ड स्टोरसगै जोडिएका छन् । खड्का सप्ल्यार्स कोल्ड स्टोरमा पुग्न आराध्या मोटर पार्टसको सटर प्रयोग गरेको पाइएको छ ।

आराध्या मोटर पार्टसबाट मान्छे छिर्न सक्ने प्वाल बनाएर पसलमा चोरी गरेको खड्का सप्ल्यार्स कोल्ड स्टोरका संचालक सुरज खड्काले बताए । प्रहरीले शंका लागेका केहीलाई निगरानी बढाएको छ । पीडितहरुले शंका गरेका सेहीनाइ निगरानी बढाइएको इलाका प्रहरी  कार्यालय गौरिडाडाले जनाएको छ ।

प्रहरीको अनुसार पन्चधुरा मसला मिल तथा महादेव जेनरल किराना पसलको छानोको जस्ता उखलेर चोर भित्र पसेको देखिएको छ ।

Please subscribe our official  youtube channel below and support us.

Comment

Related News

Latest News

Trending News