२०७९ मंसिर २५, आईतवार ०७:०६

सभ्य समाजको निर्माण, लैंगिक हिंसा विरुद्धको अभियान भन्ने मूल नाराका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मानव अधिकार रक्षकको अवस्था तथा सवालमा सरोकारवालाहरुको भूमिका विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर ३ का संघीय सांसद ज्वाला कुमारी साहले कुनै प्रकारको हिंसा सह्य नहुने बताएकी छन् । विभिन्न बहानामा महिला तथा बालबालिकाहरु माथि हुने गरेको हिंसाहरुलाई गाउँघरमा नै दबाएर राख्ने गरेको हँुदा महिला तथा बालबालिकाहरुको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरुले सजक र सचेत हुनुपर्ने धारणा व्यतm गरिन । त्यस्ता मुद्दाहरुलाई सम्बन्धित ठाउँसम्म ल्याउनलाई आग्रह समेत गरेकी थिइन ।राजनीतिक आवरणमा कोही कसैले हिंसा पीडितलाई दबाउन खोजे त्यसको प्रतिकारमा अधिकारकर्मीहरु लाग्नुपर्ने उनीले सुझाव दिइन । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक राजेश थापाले हिंसामा परेका व्यतिmहरुलाई न्याय दिलाउने काममा बिचलित नभई अगाडि बढेको बताए ।

यसैबीच जिल्ला प्रहरी कार्यालयबाट प्रहरी, समाजिक संघसंस्थाका प्रतिनिधि, मानव अधिकारकर्मी सहितको संयुतm आयोजनामा र्याली निकाली नगरको विभिन्न भागमा परिक्रमा पश्चात भरत चोकमा कोणसभामा परिणत भएको थियो ।

Comment


Related News

Latest News

Trending News