
शारीरिक रुपमा अशक्त भइ कष्टकर जीवन बिताउन बाध्य ३५ जनालाई शनिवार न्यानो कपडा वितरण गरिएको छ ।
राजविराज–७ का व्यवसायी एवम् समाजसेवी सुभाष भन्साली र उनका परिवारजनले आफ्नै प्रतिष्ठान अगाडि एक कार्यक्रमको आयोजना गरी शारीरिक रुपमा अशक्त भएकाहरुलाई न्यानो कपडा वितरण गरेका छन् । अपाङ्ग संघ सप्तरीको संयोजनमा जिल्लाका १८ वटै पालिकाका अति विपन्न अशक्त अपाङ्गहको पहिचान गरी प्रतिव्यक्ति एक–एक थान ब्लांकेट र दरी वितरण गरिएको छ । बढ्दै गएको विपन्न अशक्तको जीवन सहज होस् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको भन्सालीले बताए ।
आउँदो दिनमासमेत सेवामूलक कार्य गर्ने बताउँदै भन्सालीले केही समयपछि थप अशक्तको पहिचान गरी न्यानो कपडा वितरण गर्ने जानकारी दिए ।