२०७९ मंसिर २५, आईतवार ०७:१७

ग्लोबल विजनेश क्लेजमा अध्ययनरत वीवीएसका विद्यार्थीहरुको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

जाडोको मौसममा चिसो बढेसंगै हुने रगत अभावलाई परिपूर्ति गर्नका लागि आयोजना गरिएको रक्तदान कार्यक्रममा २० महिला सहित एक सय ३१ जनाले रक्तदान गरेका छन् । वीरगञ्जको ओम आश्रम नजिकै श्रीपुरस्थित रहेको ग्लोबल विजनेश क्लेज परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा क्लेजका ११, १२, वीवीएस प्रथम वर्ष र दोश्रो वर्षका विद्यार्थीहरुले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा कलेजका सञ्चालक श्रीराम दास, ओम प्रकास श्रेष्ठ र अशोक सरार्फले रक्तदान गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा सिमरण सिंह, विजया ओझैया, सुरभि वर्णवाल, गुडिया वर्णवाल, पूजा गुप्ता, अनु ठाकुर, सरिता मेहता, तेरु नेसा खातुन, आरती वर्णवाल, श्रेया सिह, मुनि महतो, नोमि मिश्र, राखि कर्ण, निरुता मुखिया, सुनिता कुमारी लगायत २० महिलासहित १ सय ३१ जनाले रक्तदान गरेका थिए ।

Comment


Related News

Latest News

Trending News