अपडेट 
२०७९ मंसिर २५, आईतवार ०७:२१

उपकार सेवा नेपाल नामक संस्थाले गरिब र विपन्नहरुलाई चिसोमा न्यानो कम्बल वितरण कार्यलाई निरन्तरता दिएको छ ।

शनिबार वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ सबैठवामा उक्त संस्थाले गरिब, विपन्न र दलिततहरुलाई गरी ४५ थान कम्बल वितरण गरेका छन् । सबैठावामा पुगेर संस्थाका पदाधिकारी र सामाजिक अभियन्ताहरुको टोलीले कम्बल वितरण गरेका छन् । संस्थाको तर्फबाट सामाजिक अभियन्ता प्रकाश थारु र युवा नेता ओम प्रकाश सर्राफले विपन्न र दलितहरुलाई कम्बल वितरण गरेका थिए । उपकार सेवा नेपालले यसअघि वीरगञ्जकै विभिन्न वडाहरुमा पनि न्यानो कम्बल वितरण गरेको थियो ।

Comment

Related News