अपडेट 
२०७९ मंसिर २५, आईतवार ०७:४२

अपाङ्ग संघ सप्तरीको अध्यक्ष वीरेन्द्र चौधरी चयन भएका छन् । यसअघि संघको तदर्थ समितिका अध्यक्ष रहेका चौधरीलाई शनिवार सम्पन्न प्रथम साधारणसभाले निर्विरोध अध्यक्षमा चयन गरेका छन् ।

नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु गरिए पनि चौधरी बाहेक अन्य कसैले मनोनयनपत्र दर्ता नगरेपछि उनी निर्विरोध निर्वाचित भएका छन् । उनकै नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । संघमा जिल्लाको १८ वटै पालिकाका गरी ५३ जना प्रतिनिधि छन् । ती प्रतिनिधिहरु नै मतदाता हुने व्यवस्था छ । ३ वर्षे कार्यकाल रहने निर्वाचित कार्य समितिको उपाध्यक्षमा मो.मिस्टर, सचिवमा रामचन्द्र यादव, सहसचिवमा अशोक यादव र कोषाध्यक्षमा सुभद्रा चौधरी निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा सत्यनारायण पासवान, गजेन्द्र दास, मनोज चौधरी, तुलानन्द ठाकुर, लिला साह, राधा पंजियार र मुसनुफा अंसारी चयन भएका छन् । साधारणसभाको उद्घाटन गर्दै ई.सुर्यनारायण यादवले जिल्लामा शारीरिक रुपमा अशक्त भइ कष्टकर जीवन बिताइरहेका व्यक्ति र उनका परिवारको हितका लागि संघले विभिन्न कार्ययोजना तयार गरी अघि बढ्नुपर्नेमा जोड दिए । नवनिर्वाचित अध्यक्ष चौधरीले जिल्लामा शारीरिक रुपमा अशक्त भइ कष्टकर जीवन बिताउन बाध्य परिवारहरु बारे आफू पूर्ण जानकार रहेको बताए । उनले त्यस्ता व्यक्ति र परिवारको सहज जीवनयापनका लागि सबै पक्षको रायसुझावलाई ग्रहण गरी नयाँ कार्ययोजनाका साथ अघि बढ्ने प्रतिवद्धता जनाए ।

संघले त्यस्ता व्यक्ति र परिवारका लागि तयार गर्ने वार्षिक योजना तर्जुमाका लागि आफ् नो क्षेत्रबाट राय सुझावसहितको योजना पेश गरी सहयोग गरिदिनसमेत सरोकारवालासँग उनले आग्रह गरे ।

 

Comment

Related News