अपडेट 
२०७९ मंसिर २५, आईतवार १५:५३

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशको लागि गैरआवासीय राजदूत नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम आज (आइतबार) माल्दिभ्स र न्यूजिल्याण्डको लागि गैरआवासीय राजदूत नियुक्त भएका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार श्रीलङ्काका लागि नेपालको आवासीय राजदूत वासुदेव मिश्रलाई माल्दिभ्सका लागि गैरआवासीय राजदूत नियुक्त गरिएको छ ।

त्यस्तै अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत कैलाशराज पोखरेललाई न्यूजिल्याण्डका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको प्रवक्ता आचार्यले बताए ।

Comment


Related News