अपडेट 
२०७९ मंसिर २६, सोमबार ०७:३०

सिरहामा प्रतिबन्धित लागू औषध गाँजासहित तीन जना पक्राउ गरिएको छ ।

आइतबार धनगढीमाई नगरपालिका १२ कुश्माहा खुट्टी खोलाबाट तीन जनालाई पक्राउ गरिएको हो । ९२ किलो गाँजासहित तीन जनालाई पक्राउ गरिएको सिरहा प्रहरीका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए । उनका अनुसार भगवानपुर गाउँपालिका ४ का ४४ वर्षीय शिवनाथ मण्डल, सोही ठाउँका ५५ वर्षीय बेचु मण्डल र सप्तरी बोदेबसाइन नगरपालिका ९ का ४८ वर्षीय रामकुमार मण्डललाई पक्राउ गरिएको छ । प्रहरीलाई शंका लागि उनीहरुो झोला चेकजाँच गरेका थिए । बोरामा लुकाईछिपाइ उनीहरुले गाँजा ओसार पसार गरिरहेका थिए । उनीहरु अहिले सिरहा प्रहरीको हिर ासतमा छन् । सात दिनको म्याद थप गरी उनीहरुमाथि आवश्यक कारबाही सुरु भएको छ ।

Comment

Related News

Latest News

Trending News