अपडेट 
२०७९ मंसिर २६, सोमबार ०७:४६

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले वीरगञ्जका पत्रकार नरेश सर्राफले समाजलाई पु¥याएको योगदानको कदर गर्दै अक्षय कोष स्थापना तथा छोरीको पठनपाठनको सम्पूर्ण जिम्मा र परिवारलाई तत्काल ५ लाख रुपैयाँ नगद उपलब्ध गराउने घोषणा गरेका छन् ।

पत्रकार सर्राफको १० औँ दिनको पुण्य तिथिको अवसरमा वीरगञ्ज ९९ मेगाहर्ज, समाजवादी प्रेस सङ्गठन पर्साको संयुक्त आयोजनामा रेडियो परिसरमा आयोजित श्रद्धाञ्जली सभामा नगर प्रमुख सिंहले सो घोषणा गर्दै परिवारको जीविकोपार्जनका लागि महानगरको तर्फबाट तत्काल आर्थिक सहयोग प्रदान गर्ने बताए। त्यसैगरी नगर प्रमुख सिंहले वीरगञ्जको पत्रकारिता क्षेत्रमा सर्राफले पु¥याएको योगदानको कदर गर्दै नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको अगुवाइमा स्थापना गरिने स्मृति कोषमा महानगरपालिकाको तर्फबाट १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा पनि गरे । नगर प्रमुख सिंहले पत्रकार सर्राफका ७ वर्षीया छोरीको १० कक्षा सम्मको पठनपाठनको जिम्मा पनि महानगरपालिको लिने बताउँदै बालिकाको इच्छा बमोजिमको वीरगञ्ज नगरको कुनै पनि विद्यालयमा महानगरपालिकाले पठनपाठनको व्यवस्था मिलाउने बताए । त्यस्तै, पत्रकार सर्राफका छोरीलाई रेडियो वीरगञ्जले १ लाख रुपैयाँ, समाजवादी प्रेस संगठन पर्साले १ लाख रुपैयाँ उपलब्ध गराएका छन् भने राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष एवं जसपाका जिल्ला सचिव तबरेज अहमदले बालिकाको पठन पाठनका लागि कोष खडा गर्न ५० हजार रुपैयाँ नगद उपलब्ध गराउने भएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका महासचिव श्याम बन्जराले पत्रकारिताका माध्यमले सर्राफले समाजमा पु¥याएको योगदानको चर्चा गर्दै उहाँको परिवारको जीविकोपार्जनका लागि पत्रकार महासङ्घले छिट्टै निर्णय लिने जानकारी दिए ।

Comment


Related News