अपडेट 
२०७९ मंसिर २६, सोमबार ०७:५६

पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ श्रीपुर टोलबाट प्रहरीले दुई थानसालको गोलिया काठ बरामद गरेको छ ।

तस्करहरुले जंगलबाट रुख फडानी गरी साइकलमा बोकेर ल्याउदै गरेको काठ प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यलय पटेर्वासुगौलीबाट प्रहरी नायब निरीक्षक नन्दकिशोर साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले आइतवार दुई थान साइकलसहित अन्दाजी १४ घनफिट सालको काठ बरामद गरेको छ । काठ र साइकल बरामद भए पनि तस्करहरु भने फरार भएकाले उनीहरुको खोजी भइरहेको प्रहरी नायब निरीक्षक साहले जानकारी दिए ।

Comment

Related News

Latest News

Trending News