अपडेट 
२०७९ मंसिर २६, सोमबार ०७:५९

सीपीसीको २० औं कांग्रेस विशुद्ध रुपमा सी जिनपिङकै वरिपरि केन्द्रित रहेको पाइयो तथापि आन्तरिक रुपमा र बाह्य रुपमा पनि सी जिनपिङ्ग सामु अनेकौं चुनौती रहेका छन् । कोभिड–१९ लाई नियन्त्रण गर्न अपनाइएको कोभिड शुन्य नीति, बिआरआई र भ्रष्टाचार विरोधी अभियान उनको निम्ति ठुलो समस्या सावित हुने निश्चित छ । यसका प्रारम्भिक लक्षणहरु देखा पनि पर्न थालेका छन् । सी जिनपिङका आगामी दिनहरु सहज हुने छैनन । उत्तरी छिमेकी चीनमा विगत एक दशकदेखि त्यहाँको राष्ट्रपति पदमा काबिज सी जीनपिङ जीवनभरीकै लागि राष्ट्रपति रहने भए । गत महिना बेइजिङ्गको तियानमेन स्क्वायरमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टीको २० औं कांग्रेसमा उपस्थित चीनका विभिन्न क्षेत्रका २ हजार तीन सय प्रतिनिधिले २ सय जना केन्द्रिय समिति सदस्य चुने । यिनीहरुले फेरी २५ जना पोलिटब्युरोको सदस्य चुने । यी २५ जनाले अन्त्यमा गएर ७ सदस्यीय सर्वोच्च पोलिटब्युरोको स्ट्यानडिङ्ग कमिटि चुने, जहाँ प्रथम नेता फेरी सी जीनपिङ नै हुने भए । यस पदमा काबिज हुने बित्तिकै सी जीनपिङ देशको सबैभन्दा माथिका तीन महत्वपूर्ण स्थान आफ्नो नियन्त्रणमा राख्ने भए । विगत दश वर्षदेखि उनी नै यस पदलाई ओगटी राखेका छन् । सी जीनपिङ चिनियाँ कम्युनिष्ट पार्टीका मूख्य सचिव, चीनका राष्ट्रपति र चीनको सेन्ट्रल मिलिट्री कमिशनका अध्यक्ष हुने भए । अर्को शब्दमा भन्नुपर्दा पार्टी, सरकार र चीनको केन्द्रिय सैन्य आयोगका प्रमुख पनि उनी नै हुनृ भए । चिनियाँ कम्युनिष्ट पार्टीको सन् २०१७ को १९ औं कांग्रेसले प्रत्येक दश वर्षमा पार्टीको नेतृत्व परिवर्तन गर्ने चलिआएको संवैधानिक प्रावधान हटाइसकेपछि त्यतिबेला नै सी जिनपिङले आफु सधैँका लागि राष्ट्रपति रहने संवैधानिक र कानूनी मार्गलाई आफ्नो निम्ति अनुकूल बनाउने काम गरे । माओत्सेतुङ्ग झै आफ्नो विचारहरुलाई पनि चीन भित्र र चीन बाहिरका कम्युनिष्ट समर्थकहरु माझ ब्यापक रुपमा प्रचार प्रसार गर्ने अभिमान नै चलाएका छन् । नेपालका अधिकांश कम्युनिष्ट नेताहरु पनि अप्रत्यक्ष रुपमा उनको विचारबाट दीक्षित भएका छन्, भइरहेका छन् । राष्ट्रपति सी जीनपिङ आफुलाई झन शक्तिशाली बनाउन र आफ्ना विरोधीलाई ठेगान लगाउन हर सम्भव पाइला पनि कुशलतापूर्वक नै चालेका छन् । सी जिनपिङलाई चुनौती दिने महान संस्था झुण्ड आदिलाई जरैबाट उखेल्ने स्थतिमा पु¥याउने काम २० औं कांग्रेसले ग¥यो । सी जिपपिङ अघिका दश वर्ष पार्टीका महासचिव र चीनका राष्ट्रपति रहेका सबैले मानेका नेता हु चिन्ताओलाई कांग्रेसको मुख्य अधिवेशनबाट निकालियो, यो अति नै मर्माहत्त दृश्य थियो । उनको छेउमा नै राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खहुचाङ्ग पनि बसेका थिए ।

हु चिन्ताओलाई यसरी अभद्रतापूर्वक बाहिर निकालिएको भिडियोलाई हेर्न विश्व समुदायले यसको विश्लेषण विभिन्न तरिकाले गरे । कसैले अस्वस्थ पनि ठाने त धेरैले सुनियोजित योजना बताए । केहीले यसलाई एक किसिमको पार्टीका अन्य नेताहरुको निम्ति चेतावनीको रुपमा पनि सम्झेका छन् । हु चिन्ताओले कम्युनिष्ट पार्टी भित्रकै शक्तिशाली युथ लिगलाई नेतृत्व प्रदान गरेका थिए जबकि सी जिनपिङ युथ लिगलाई मन पराउँदैनन् । एक किसिमले युथ लिगलाई उनले अवसान नै गरिदिए । अन्तर्राष्ट्रिय मिडियाको उपस्थितीमा भएको यस घटनाले विश्व समक्ष एउटा सन्देश प्रवाहित गर्ने काम भएको छ कि चीनमा सी बाहेक अरु कसैको केही हैसियत नै छैन । सीको शासनमा भ्रष्टाचारको आरोपमा कम्युष्टि पार्टीका एक सयभन्दा बढी उच्चस्तरीय सदस्य, मध्यम र निम्न स्तरका एक लाखभन्दा बढी कर्मचारीहरु थुनिए । भ्रष्टाचार गरेकालाई धन वापस गर्न लगाए । प्रधानमन्त्री बेन जियाबाओकी श्रीमति झानु पेली, योङ्गकिङ्गका शक्तिशाली नेता बी जिलाई सर्वोच्च पदमा रहेका सुरक्षा कर्मचारी सबै भ्रष्टाचारीमाथि कारवाही हुने भयो । पार्टीका सदस्यहरु, सरकारी अधिकारी कर्मचारी र निजी कम्पनीबीच भ्रष्टाचारको गठबन्धन नै रहेको मान्न सकिन्छ । ठीक छ, भ्रष्टाचारी माथि कारवाही भएको छ तर भ्रष्टाचार आखिर किन र कसरी हुन गयो ? यस प्रश्नको जवाफ पनि खोजिनु पर्ने हो । कम्युनिष्ट पार्टीको शासनमा भएका भ्रष्टाचार, अनियमितता र अराजकताका सत्य तथ्य त ति पार्टीको शासनसत्ता अन्त्य भएपछि मात्रै थाहा हुन्छ जस्तो कि सोभियत संघ, क्यामबोडिया र पूर्वी यूरोपका देशहरुमा सार्वजनिक भइआएका छन् । भ्रष्टाचारीको आरोपमा सीले आफ् ना राजनीतिक प्रतिद्धन्दी र विरोधीलाई ठेगान लगाउन अवश्य पनि सफल भएका छन् । भ्रष्टाचार विरोधी अभियानलाई जनताले समर्थन गर्नु स्वभाविकै हो । यसले गर्दा सिको लाोकप्रियतामा कमी आएन । सन् २०००–२०२० को अवधिमा चीनको सबैभन्दा बढी आर्थिक वृद्धिदर राष्ट्रपति हु– भिन्ताओको दश वर्षे कार्यकाल (सन् २००२–२०१२) मा थियो । त्यतिबेला चिनियाँ आर्थिक वृद्धिदरले १४ प्रतिशतको उचाईलाई छोएको थियो । तर सी जिनपिङ राष्ट्रपति भएपछि यो विकासदर दु्रत गतिमा घट्दै गएर कोरोना महामारीको समय सन् २०२० मा २ प्रतिशत रहयो । चीनलाई अमेरिकाको राष्ट्रिय आयलाई उचिन्न आर्थिक वृद्धिदर कमसेकम ५ प्रतिशत चाहिन्छ । सन् २०२०–२०३० को अवधिमा चीन नै अमेरिकालाई उछिनेर विश्वको अग्रिम राष्ट्र हुन्छ भन्ने अनुमान गरिएको थियो, तर आजको स्थितमा चीनले अमेरिकालाई उछिन्न अझै ४० वर्ष लाग्ने अनुमान पनि गरिन्छ । चिनियाँ विकासको जुन प्रचार प्रसार गरिएको थियो त्यो यथार्थ भन्दा कोशौं टाढा पुग्न गएको छ । आर्थिक रुपले पनि चीन अब दिवालिया हुने संघारमा पुगेको छ ।

चीनको गौरव मानिदै आएको चाइना रेल्वे र चाइना एयरवेज पनि घाटामा चलिरहेको आरोप छ र कुनै पनि बेला यो दिवालिया घोषित हुन सक्छ । रियल स्टेटमा चीनले लगानी गरेको ९ ट्रिलियन डलरको लगानी पनि उसको निम्ति अब निरर्थक सावित भइरहेको अवस्था छ । उसले अपेक्षा गरेअनुसारको प्रतिफल हासिल गर्न सकिरहेको छैन । बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतको १.५ ट्रिलियन डलर लगानीको अवस्था पनि घाटाको कारोबारमा नै सावित भइरहेको अवस्था छ । कतिपयले त चीन ४५ ट्रिलियन डलरको क्षति भोग्नुपर्ने अवस्था आउन सक्ने अनुमान पनि गरिरहेका छन् । केही अघि कतिपयले यस कुरामा टिप्पणी गर्दै थिए कि आखिर चीन किन विश्वका आधा भन्दा बढी खाद्यान्न आफ्नो देशमा किन संरक्षित गरिरहेको छ तर हाल उसित अब ३० प्रतिशत खाद्यान्न मात्रै बाकी रहन गएको छ । एप्पल जस्तो विश्वप्रसिद्ध बहुराष्ट्रिय कम्पनी अब भारततीर आफ्नो कारोबार चलाउने निश्कर्षमा पुगेको छ । चीनमा करिब २ लाख युवा बेरोजगार हुन गएका छन् । कोभिड–१९ को संकटबाट विश्व समुदायबाट ग्रसित रहेका बेला सन् २०२० मा चीनले आफ्नो देशका शहरहरुमा शपिङ्गमल, स्वीमिङ्ग पुल र थिएटर लगायतका सार्वजनिक स्थलहरुमा जनताका भिड देखाएर आफ्नो देशलाई कोभिड–१९ को प्रभावले छुन पनि नसकेको संकेत दिन खोजेको थियो तर आजको अवस्थामा एक दिनमा ४० हजार कोभिड पोजिटिभ चीनमा फेला परेको समाचार आइरहेका छन् । आज पुरा विश्व लकडाउनबाट मुक्त रहेको छ जबकि भीनमा सरकारले लागु गरेको कोभिड शुन्य नीतिका कारण कल कारखाना र उद्योग धन्धा त्यहाँ बन्द परेका छन् । जनता घरमा थुनिन बाध्य भएका छन् । लकडाउनका कारण घरबाट निस्केर उपचार गराउन नपाएका कारण एक जना जलेर मरेपछि संघाई क्षेत्रमा जनता हजारौंको संख्यामा सडक प्रदर्शनमा आई सरकारको नीतिको पनि विरोध गरे साथै राष्ट्रपतिको राजीनामा समेत माग गरे । बाह्य रुपमा चीनले मित्र भन्दा बढी विरोधी नै कमाएको छ । सन् २०४९ भित्र ताइवानलाई चिनको अभिन्न अंग बनाउने उसको अभियानलाई अमेरिकाले सजिलै सफल हुन दिने छैन । दक्षिण चीन सागर र इण्डो प्यासिफिक क्षेत्रमा चीनले ठुलै चुनौतीको सामना गर्नुपर्नेछ । भारतको बढ्दो आर्थिक र सैन्य प्रभावले दक्षिण एशियामा र पूर्वी एशियामा चीनको बढ्दो प्रभावमाथि रोक लगाइरहेको अवस्था छ । जापान, अष्टे«लिया र अमेरिकासितको सहकार्यले चीनलाई थप चिन्तित बनाएको छ । बीआरआई अन्तर्गत दिइएकाकाऋण सजिलै नउठले सम्भावनाले चीलाई समस्याग्रस्त बनाउने छ । सिपीसिमा र देशभित्र सी जिनपिङको प्रभाव तत्कालेैत कम छैन। तर आगामी उनको निम्ति पनि चुनौतीपूर्ण हुने निश्चित छ । उसलाई झन अविश्वसनिय बनाइरहेको छ ।

Comment

Related News

Latest News

Trending News