अपडेट 
२०७९ मंसिर २६, सोमबार ०८:०३

मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले मानव अधिकार रक्षाको लागि हातेमालो गर्नुपर्ने बताएका छन् ।

आइतबार राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश कार्यालयले जनकपुरधाममा आयोजना गरेको ७४ औं अन्तर्र ाष्ट्रिय मानव अधिकार दिवसको कार्यक्रममा उनले सो कुरा बताएका छन् । गैर सरकारी संस्थालाई हातेमालो गर्न आह्वान गर्दै मानव अधिकारको रक्षाका लागि सबै पक्षले आ–आफ्नो कर्तव्य पूरा गर्नुपर्ने उनले बताए । मानव अधिकारको सवालमा मधेश प्रदेश सरकार गम्भीर रहेको उनले बताए । मानव अधिकारको मान्यता तथा सिद्धान्तको पालना गर्न सबै पक्षसँग प्रदेश सरकार हातेमालो गरी अघि बढ्ने उनले आश्वासन दिए । सत्य निरुपण तथा मेलमिलाप आयोगले सरकारलाई बुझाएको प्रतिवेदन कतिको कार्यान्वयन भयो वा भएन त्यसको आत्मसमीक्षा गर्न जरुरी रहेको उनले जिकिर गरे ।

कार्यक्रममा प्रदेश सांसद रामअशिष यादव, शारदा थापा, नगर उपप्रमुख किशोरी साह लगायत एक दर्जन सामाजिक संस्थाहको सहभागिता थियो ।

Comment

Related News