अपडेट 
२०७९ मंसिर २६, सोमबार ०८:२५

आवश्यक सावधानी नअपनाउँदा जिल्लाको ग्रामीण क्षेत्रमा आगलागीको घट् ना बढ्दै गएपछि यहाँको एक गैर सरकारी संस्थाले सचेतना संगै राहत वितरण कार्यक्रमलाई तीव्र बनाएको छ ।

सामाजिक क्षेत्रमा क्रियाशील धर्मीहल्फा महिला विकास क्लव सप्तरीले सो कार्यलाई तीव्रता दिएका छन् । यसैक्रममा आइतवार सो क्लबले आगलागीबाट घरवारविहीन भएकी सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ की एकल महिला ६० वर्षीया खोतोजा खातुनलाई प्रारम्भिक राहत स्वरुप त्रिपाल, तन्ना, भाँडाकुडा, लत्ताकपडा लगायतका सामग्री प्रदान गरेको छ । पीडितको घर आँगनमै पुगी क्लबका अध्यक्ष इन्जिनियर सूर्यनारायण यादवले उक्त राहत सामग्री प्रदान गरेका छन् । ३ दिन अघि भएको आगलागीबाट उनी बस्ने घरकासाथै खाद्यान्न, लताकपडा, भाँडाकुडा लगायतका सामग्री जलेर नष्ट हुँदा विचल्लीमा परेकी थिइन । २ महिना यता अध्यक्ष यादवले जिल्लाको बोदे बर्साइन नगरपालिका, खडक नगरपालिका, तिरहुत गाउँपालिका, महादेवा गाउँपालिका, अग्निसाइर कृष्णासवरण गाउँपालिका र डाक्नेश्वर नगरपालिका लगायतका आधा दर्जन स्थानमा भएको आगलागीका घट्नाबाट पीडित भएकाहरुको घरमै पुगी राहत बाँडेका छन् । उनले राहत बाँड्ने काम मात्रै गरेका छैनन् । आगलागीका घटना हुन नदिन अपनाउनु पर्ने सावधानी तथा आगलागी भइहाले क्षति न्यूनीकरणका लागि अपनाउनु पर्ने उपायबारेसमेत सचेतना दिने गरेका छन् । राहत वितरण स्थलमा उपस्थित भएका पीडित तथा आसपासका वासिन्दालाई अध्यक्ष यादवले आगलागी पूर्व र आगलागी पछिको सांकेतिक अभ्यास मार्फत पूर्वतयारीका लागि के के गर्नुृ पर्ने रहेछ भन्ने ज्ञानसमेत दिने गरेका छन् ।

सप्तरीमा गत आर्थिक वर्ष २०७८÷०७९ मा आगलागीका १ सय ७७ घट्ना भएका थिए । जसबाट करिब ३ करोड ५५ लाख ७४ हजार ९ सय रुपैया बराबरको क्षति भएको थियो। यस्तै चालु आ.व.२०७९÷८० को हाल सम्मको अवधिमा आगलागीका १८ वटा घट्ना भइ १ करोड भन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

Comment

Related News

Latest News

Trending News