अपडेट 
२०७९ मंसिर २७, मंगलवार ०७:३१

मधेश प्रदेशमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी(जसपा)ले नाम सच्याएको छ ।नेकांले समानुपातिक सूची सच्याउदा धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ का कुमरकान्त झा परेका छन् ।

नेकांका पर्सा जिल्लाबाट प्रतिनिधिसभा सदस्य रमेश रिजाल लगायतका नेताले क्लष्टर विपरीत अल्पसंख्यक मधेशीबाट महोत्तरी जिल्ला घर भइ वीरगञ्जमा बसोबास गरेका राकेश सिंहको नाम समावेश गराएका थिए । पर्सा जिल्लाका कांग्रेस नेताहरुले जनाए अनुसार रिजालले मोटो रकमको चलखेल गरी सिंहलाई गैरकानूनी ढंगले नाम समावेश गराएका थिए ।निर्वाचन आयोगले क्लष्टर अनुसार नाम समावेश गरी पठाउन पार्टीलाई आइतबार साँझ पठाएको पत्रपछि कांग्रेसले झाको नाम राखेर सूची सच्याइएको छ । सिंहको नामलाई निर्वाचन आयोगले अमान्य गरेपछि झाको नाम सूचीमा राखेर कांग्रेसले सोमवार पठाएको छ ।समानुपातिक तर्फका विजयी सांसदहरुलाई मंगलवार प्रमाण पत्र वितरण गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी जसपाले पनि आफ्नो सूचीमा हेरफेर गरेको छ ।जसपाले मधेश प्रदेशमा समानुपातिकतर्फ ७ सिट मात्र प्राप्त गरे पनि १० जनाको नाम निर्वाचन आयोगमा पठाएको थियो ।आयोगले जसपाको सूचीलाई अमान्य गर्दै क्लष्टर मिलाएर पुनः नाम सच्याउन आइतबार पत्र पठाएको थियो ।आयोगले सोमवारसम्म संशोधित सूची पठाउन तोकेको समयसीमा भित्र नै जसपाले संशोधित ७ जनाको नाम पठाएको छ । संशोधित सूचीमा धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट जनजाती कोटामा ममता मण्डल परेकी छन् ।मण्डलको नाम हटाउने तयारी गरिएको थियो ।जसपाबाट मधेश प्रदेशमा समानुपातिकतर्फ मनिष कुमार सुमन (मधेशी पुरूष– अल्पसंख्यक), विन्दु कुमारी यादव (मधेशी महिला), शोभा देवी साह (मधेशी महिला – अल्पसंख्यक), ललिता दास ( दलित महिला ), शाहिदा खातुन (मुस्लिम महिला), किरण साह ( मधेशी महिला) र ममता मण्डल (आदिवासी जनजाती महिला ) सांसद भएका छन् । जसपाको समानुपातिक सूचीको तीव्र आलोचना भइरहेको छ ।

आदिवासी जनजातीबाट रहेकी मण्डललाई हटाउन धनुषा जिल्लामा प्रदेशसभातर्फ पराजित भएकाहरु जोडतोडले लागेका थिए । स्रोतका अनुसार २२ जना रहेको कार्यकारिणी समितिको बैठकमा सोमबार ११ जना मात्र उपस्थित थिए ।आइतबार भएको बैठकमा पनि १२ जना मात्र उपस्थित रहेका थिए ।कार्यकारिणी सदस्य लगायत अधिकांश केन्द्रीय सदस्यहरुले पार्टीमा देखिएको हैकमवादी प्रवृत्तिको विरोधमा आवाज उठाउन थालेका छन् ।

Please subscribe our official youtube channel below and support us.

Comment

Related News

Latest News

Trending News