अपडेट 
२०७९ मंसिर २७, मंगलवार ०७:५७

यूरोपियन यूनियन तथा यूके एडको आर्थिक सहयोग भीएसओको नेतृत्व एवं गौर नगरपालिकाको समन्वयमा संचालित सहयात्रा परियोजना अन्तर्गत जनजागरण युवा क्लब बाराको आयोजनामा पालिका स्तरीय नीतिगत संवाद तथा पैरवी कार्यक्रम गौर नगरपालिकामा सम्पन्न भएको छ ।

विद्यालयको शैक्षिक तथा भौतिक अवस्था सुधार गरी बाल बालिकालाई सरल र सुलभ रुपमा शिक्षामा पहुंच पुर्याउने उद्देश्यले संचालित परियोजना अन्तर्गत आयोजना गरिएको कार्यक्रममा गौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुरले शिक्षाको स्तर उकास्न शैक्षिक गुरु योजना जरुरी रहेको बताए । विद्यालयको भौतिक पूर्वाधार, स्तरीय शिक्षा र बाल बालिकाको शिक्षित बनाउने नगरपालिकाले नीति लिएर अघि बढ़ी रहेको बताउँदै ठाकुरले शैक्षिक गुरु योजना नबनाएसम्म शिक्षाको सुधार ल्याउने कठिनाई हुने बताए । गौर नगरपालिकाले नगर भित्र रहेका सामुदायिक विद्यालयलाई एउटै रंग बाट रंग रोदन गर्ने नीति ल्याउन लागेको जानकारी दिए । आयोजक सस्थाका अध्यक्ष भैया राम यादवको सभापतित्वमा भएको कार्यक्रममा सस्थाको कार्यक्रम संयोजक मनोज कुमार यादवले परियोजनाको लक्ष्य र उद्देश्यको बारेमा जानकारी गराएका थिए । रौतहटको दुई पालिका गढ़ीमाई नगरपालिका र गौर नगरपालिकाको १० विद्यालयमा कार्य गर्दै आएका सस्थाले विद्यार्थीहरुको लागि बस्ने व्यवस्था , शुद्ध खाने पानीको व्यवस्थापन , कक्षा कोठाको निर्माण लगायत विद्यालय व्यवस्थापन समितिलाई जिम्मेवार बनाउने कार्यमा जोड़ दिदै आएको कार्यक्रम संयोजक यादवले बताए ।

कार्यक्रममा नगर उपप्रमुख शैल कुमारी साह , नगरपालिकाका शिक्षा संयोजक , विभिन्न वड़ाका निर्वाचित वड़ा अध्यक्ष , सहयोगी सस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

 

Comment


Related News