अपडेट 
२०७९ मंसिर २७, मंगलवार ०८:४९

मधेश प्रदेशमा पहिलो र दोस्रो राजनीतिक दल बनेका पार्टीले आन्तरिक रूपमा सरकार गठनको गृहकार्य सुरु गरेका छन्। सरकार गठनका निम्ति कुनै पनि दललाई सामान्य बहुमत नपुग्दा सरकार गठनको गृहकार्यमा निकै सकस देखिएको छ।

प्रदेशसभामा दलको हिसाबले नेकपा (एमाले) पहिलो र नेपाली कांग्रेस दोस्रो दल बनेको छ। तर, गठबन्धनको हिसाबले सत्ता गठबन्धन पहिलो र एमाले– जसपा गठबन्धनले दोस्रो स्थान प्राप्त गरेका छन्। दुबै गठबन्धनले आ–आफ्नो पक्षमा समर्थन जुटाउन गठबन्धन बाहिरका दललाई फकाउने प्रयास गरिरहेका छन्। संघीय सरकार गठनले नै प्रदेश सरकार गठनमा प्रभाव पार्ने निश्चित छ । संघमा समर्थन जनाएको दलको समर्थनमा प्रदेश सरकार बन्नेछ । संघीय सरकार गठनको तयार नभएसम्म प्रदेश सरकार गठन प्रक्रिया अगाडि बढ्ने र वातावरण निर्माण गरिने कार्यमा तीव्रता आउने पनि देखिँदैन। ए म ा ल े क ा मधेश प्रदेशका सह–इन्चार्ज सुमनराज प्याकुरेलले प्रदेशमा एमाले पहिलो पार्टी बनेकाले एमालेकै नेतृत्वमा सरकार बनाउन अन्य दलसँग छलफल भइरहेको बताएका छन् । तर, आफ्नो गठबन्धनसंग बहुमत नपुगेको बताउँदै सरकार बनाउने विषयमा जनता समाजवादी पार्टी, जनमतलगायत अन्य पार्टीसंग कुराकानी भइरहेको बताउँदै उनले भने संघमा जसरी सरकार बन्छ, त्यसरी नै प्रदेशमा सरकार बन्छन्।त्यस्तै,नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले प्रदेशमा गठबन्धन पहिलो शक्ति भएकाले गठबन्धन दलभित्रकै नेतृत्वमा सरकार बनाउन पहल भइरहेको जानकारी दिए । उनले सरकार गठन, नेतृत्वका लागि गठबन्धन बाहिर जनमत, जसपालगायत दलसंग छलफल भइरहेको छ भन्दै संघीय सरकार गठन अनुसार नै प्रदेशमा सरकार गठन हुन्छ बताए ।

मधेश प्रदेशमा पहिलो पार्टी बनेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) र दोस्रो बनेको नेपाली कांग्रेसले निर्वाचनताका गरेको गठबन्धनलाई जोड् दा पनि सामान्य बहुमत पुग्न सकेको छैन। निर्वाचनमा एमाले–जसपा गठबन्धन र सत्ता गठबन्धनको प्रतिस्पर्धा थियो । अब, बहुमतको सरकार बनाउन गठबन्धनभित्र र बाहिरका दलको सहयोग लिनुबाहेक विकल्प देखिएको छैन। र, अर्को विकल्प भनेको दुबै गठबन्धनको संयुक्त सरकार पनि बन्न सक्ने सम्भावनासमेत देखिन्छ । यस प्रदेशमा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी कुल १०७ सभा सदस्य सिट संख्या छ। सरकार बनाउन सामान्य बहुमतका लागि कम्तीमा ५४ सिट आवश्यक पर्छ। यो संख्या पु¥याउन गठबन्धन बाहिरका दलको समर्थन अनिवार्य भएको छ। यता निर्वाचन आयोगले समानुपातिकतर्फका प्रदेशसभा सदस्यमा पार्टीले पाएको संख्या घोषणा गरिसकेको छ। तर, पार्टीको सिफारिसमा प्रदेशसभा सदस्यको अन्तिम नामावली घोषणा गर्न आयोगलाई एक÷दुई दिन समय लाग्ने भएको छ। निर्वाचन आयोगका अनुसार मधेश प्रदेश सभामा दसवटा राजनीतिक दलको प्रतिनिधित्व कायम भएको छ। प्रदेश सभामा पहिलो बनेको एमालेले प्रत्यक्षमा १५ र समानुपातिकमा आठ गरी २३ सिट प्राप्त गरेको छ। दोस्रो दल बनेको कांग्रेसले प्रत्यक्षमा १३ र समानुपातिकमा सबैभन्दा बढी नौ गरी २२ सिट जितेको छ। जसपाले प्रत्यक्षमा नौ र समानुपातिकमा सात गरी १६ सिट ल्याएर तेस्रो दल बनेको छ। अघिल्लो निर्वाचनमा प्रदेशमा जसपा पहिलो दल बनेको थियो। यसैगरी प्रत्यक्षमा छ र समानुपातिकमा सातसहित १३ जितेको जनमत पार्टी चौथो, लोकतान्त्रिक समाजवादी पार्टी प्रत्यक्षमा सात र समानुपातिकमा दुई सिट ल्याएर पाँचौँ दल भएको छ। नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्ष र समानुपातिकमा चार÷चार गरी आठ सिट प्राप्त गरेको छ।

नेकपा (एकीकृत समाजवादी)ले प्रत्यक्षमा चार र समानुपातिकमा तीन सिट जितेको छ। प्रत्यक्षमा छ जना सदस्य स्वतन्त्रबाट जितेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ एक÷एक सिट जितेका छन्। यी दलका कुनै पनि उम्मेदवार प्रत्यक्षतर्फमा जितेका छैनन् ।

Comment


Related News