अपडेट 
२०७९ मंसिर २७, मंगलवार ०८:५३

मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष स्व. शिवहरी भट्टराई सरल, सहज, क्रियाशील र इमान्दार रहेको स्मरण गर्दै सरकारी कामका दौरान उनको निधन भएकाले मधेश सरकारले उनको निधनलाई सहादतको रुपमा बुझेको बताए ।

स्व. भट्टराईप्रति श्रद्धाञ्जली अर्पण गर्न मिडिया काउन्सिल मधेश प्रदेशको आयोजनामा जनकपुरधाममा भएको श्रद्धाञ्जलीसभामा बोल्दै मन्त्री साहले मधेश सरकारको कामकै क्रममा सर्लाहीमा उनको निधन भएकाले मधेश सरकारले सहादतका रुपमा लिएर स्व.भट्टराईलाई स्मरण गरिरहने बताए । मन्त्री साहले सञ्चारजगतका अगुवाहरुबाट स्व.भट्टराईको नाम र स्मृतिमा सञ्चारसंग सम्बन्धित पुरस्कार सहितका अन्य दिर्घकालीन महत्वको कुनै योजना स्थापना गर्न आएको सुझावलाई मधेश सरकारले स्वीकार गरेको समेत बताए । मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डल तथा पत्रकार रामभरोस कापडिले स्व.भट्टराई मधेश सरकारको एक प्रतिष्ठानको अध्यक्ष मात्र नभइ पत्रकारहरुको अभिभावक समेत रहेकाले उनको सम्मान र पहिचानमा मधेश सरकारले पुस्कारको स्थापना गर्नुपर्ने बताए ।

मधेश प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले आफूहरु एक कुशल अभिभावक गुमाएको भन्दै दुःख व्यक्त गरेका थिए

Comment


Related News

Latest News

Trending News