अपडेट 
२०७९ मंसिर २७, मंगलवार ०८:५७

पशु चौपाया व्यवस्थापनको नाममा गौ हत्या भएको भन्दै यहाँका हिन्दूवादी संगठन आन्दोलित भएका छन् ।

सोमबार राजविराजमा प्रदर्शनसहित गौ हत्यामा संलग्नमाथि कडा कारबाही माग गर्दै विश्व हिन्दू परिषद् सप्तरीको अगुवाइमा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएका छन् । परिषद्का उपाध्यक्ष दिलिप दासको अगुवाइमा गरिएको प्रदर्शन पश्चात सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरी मार्फत गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र पठाइएको हो । गत सोमबार कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा पशु चौपाया व्यवस्थापन गर्ने भन्दै आधा दर्जन गाईलाई मार्न लगाएर गाडेको ज्ञापन पत्रमा उल्लेख छ । कानूनले गौ हत्यालाई निषेध गर्दा गर्दै नगरपालिकाले नै गौ हत्या गर्नु आपत्तिजनक रहेको ज्ञापनपत्र मार्फत घोर निन्दासमेत व्यक्त गरिएको छ ।

गौ हत्यामा संलग्नमाथि कारबाही नभए थप आन्दोलन गर्ने ज्ञापनपत्र मार्फत चेतावनी दिइएको छ ।

Comment

Related News

Latest News

Trending News