अपडेट 
२०७९ मंसिर २७, मंगलवार ०९:०६

चिसोसँगै वायु प्रदूषण पनि बढेको छ । हिउँदमा काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा प्रदूषण बढ्ने गर्छ ।

आज बिहान साढे ७ बजेको वायु गुणस्तर सूचांक एक्यूआई तथ्यांकअनुसार इटहरीमा हावाको गुणस्तर सबैभन्दा खराब २ सय ३७ रहेको छ । एक्यूआई शून्यदेखि ५० सम्मलाई सामान्य रुपमा लिने गरिन्छ । त्यस्तै भक्तपुर, दाङको तुल्सिपुर र काठमाण्डौको हावाको गुणस्तर पनि खराब छ ।

भक्तपुरको मध्यपुर ठिमीमा १ सय ७३, तुल्सिपुरमा १ सय ६० र काठमाण्डौमा १ सय ५३ रहेको छ । वातावरण विभागले टोल छिमेकमा खुला रुपमा फोहोर जलाउने काम नगर्न आग्रह गर्दै आएको छ । खुला रुपमा फोहोर जलाएको पाइएमा कारबाही हुने पनि विभागले जनाएको छ ।

साथै विभागले यातायात व्यवसायी तथा गाडीधनीलाई प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ । वातावरण विभागले गएको २२ गते सूचना निकालेर वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुँवा र खुल्ला रुपमा जलाउने फोहोर रहेको भन्दै गाडीधनीलाई मापदण्डको पालना गर्न अनुरोध गरेको हो । आउँदो पुस १ गतेदेखि परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई एक लाख रुपैयाँसम्म जरिबाना गर्ने विभागले चेतावनी समेत दिएको छ ।

यस्ताे छ, नेपालका प्रमुख शहरहरुमा प्रदूषणकाे अहिलेकाे अवस्था :

Comment

Related News

Latest News

Trending News