अपडेट 
२०७९ मंसिर २७, मंगलवार १७:५४

एक दशक देखि श्रीसिया नदीको प्रदुशन नियन्त्रण विभिन्न निकायहरुको लागी चासोको बिषय बन्दै आए पनि नदि प्रदुशन नियन्त्रणमा खासै सुधार देखिएको छैन । विगतका दुइटा स्थानिय चुनाव होस वा संघ र प्रदेशको चुनाव,सबैमा चुनावी मुदाको महत्वपूर्ण पाटो श्रीसिया नदिको प्रदुशन नियन्त्रण अधिकांस उम्मेदवारहरुका लागी प्रचार प्रसारका बिषर रहदै आएको छ । तर बार्षिकरुपमा छठपर्वमा मात्र नदिको प्रदुशन केहि हदसम्म उधोगहरुको स्वेच्छाले नियन्त्रण हुनु बाहेक सधै नदी प्रदुशित रुपमा बगने गरेको छ ।जसको पुख्य कारक वीरगन्ज पथलैया कोरीडोरका उधोगहरु रहदै आएका छन ।

सिर्सिया नदी प्रदुषण नियन्त्रण अभियानलाई वीरगन्ज महानगरपालिकाले स्थानिय प्रशासनको सहकार्यमा तिब्रता दिइएको छ । तर उक्त अनुगमनले नदीको प्रदुशनलाई कती हदसम्म नियन्त्र गर्ने हो रु त्यो आउने समयलेको कार्यवाहिले देखाउने छ । आजबाट सुरु गरिए प्रदुशन अनुगमनमा विगत जस्तै नदी आसपास रहेका उद्योगहरु नै मुख्य कारक भएको जनाइएको छ ।

सिर्सिया नदी प्रदुषण नियन्त्रण अभियानद्वारा मंगलबार वीरगञ्ज महानगरपालिका वडा नम्वर २१ सिर्सिया आसपास रहेका ४ वटा उद्योगको अनुगमन गरिएको छ । उद्योगबाट नि निस्किने रशायन रहित फोहोर पानी सोझै नदीमा मिसाउने गरिएकोे जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिउनु भयो ।

अनुगमनटोलीले श्री निधी टेक्सटायल्स प्रालि, ब्रिटानीय नेपाल प्रालि, शक्ति दाल मिल र शक्ति वायरको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा निधी टेक्सटायल्सले उद्योगबाट निस्केको फोहोर पानी सोझै नदीमा मिसाइउने गरेका सहायाक प्रमुख पौडेलको भनाइ थियो ।

यो उद्योगले दैनिक डेढ लाख लिटर केमिकल सहितको फोहोर पानी उद्योगबाट सोझै सिर्सिया नदीमा मिसाउने गरेको प्रारम्भि अनुगममा थाहा भएको सहायक प्रजिअ पौडेलको भनाइ थियो । कतिपय उद्योगहरुले वाटर ट्रिटमेन्ट प्लाण्ट नराख्ने ,राखेकोले पनि उक्त पलान्ट नचाउने गरेकोले श्रीसिया नदिमा रशायन युक्त पानिहरु छाडने गरिएको अनुगमनको ठहर छ । फोहोर पानी सोझैनदीमा फाल्ने गरेकोले पनि नदि प्रदशित हुनेगरेको वीरगञ्ज महानगरपालिका वातावरण शाखाका प्रमुख देवेन्द्र चौधरीको भनाइ छ । उद्योगले फोहोर पानीका साथै नदी दुर्गन्धित बनाउने छाइँ ,खरानी पनि नदीमै फाल्ने गरेको भेटिएको उनले बताए । विगत जस्तै पुन नदि प्रदुशित गर्ने उद्योगहरुलाई टोलीले तत्काल ट्रिटमेण्ट राख्न र फोहोर पानी सोझै नदीमा नमिसाउन चेतावनी दिएर फर्केको छ ।

यस्तै विस्कुट उत्पादन गर्ने ब्रिटानीयाले ट्रिटमेण्ट प्लाण्ट हुँदाहुँदै पनि पानी प्रशोधन नगरी फोहोर पानी सोझै नदीमा मिसाइउने गरेको पाइएको छ ।

यस्तै शक्ति वायर उद्योगले त्यहाँबाट निस्केको पानी जम्मा गर्न पोखरी बनाए पनि उक्त पोखरी उधोगको प्रदुशित पानीलाई स्वच्छ बनाउनेमा खासै प्रभावकारी नहुँदा उधोगका रशायनहरु सोझै नदीमा मिसिने गरेको चौधरीको भनाइ थियो ।

नदीलाई दुर्गन्धित बनाउने गरी विभिन्न रशायनीक लेदोसहितको फोहोर पानी फाल्ने उद्योगलाई पहिलो पटक चेतावनी दिइएको र आउँदा दिनमा यस्तो कार्य दोहोरिएको पाइएमा सोझै कारवाही गरिने महानगरपालिकाले जनाएको छ ।

वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमको नेतृत्वमा विभिन्न उधोगहरुमा पुगेको अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, महानगरको वातावरण शाखाका देवेन्द्र चौधरी, नेपाल प्रहरीका अधिकारी लगायत व्यक्तिहरुकोे सहभागिता रहेको थियो ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको सक्रियतामा आइतबार बसेको बैठकले नदी प्रदुषण नियन्त्रणका लागि उद्योगको अनुगमन गर्ने निर्णय गरे अनुसार महानगरपालिकाले मंगलबार देखि अनुगमन सुरु गरेको जनाइएको छ ।

Comment

Related News

Latest News

Trending News