अपडेट 
२०७९ मंसिर २८, बुधबार ०७:१७

सप्तरीको बोदेबर्साइन नगरपालिकामा विद्यालय शिक्षाको पहुँचभन्दा बाहिर रहेका किशोरी अहिले औपचारिक शिक्षाका लागि नियमित विद्यालय जान थालेका छन् ।

विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेरका किशोरीलाई विद्यालय शिक्षाको पहुँचमा पु¥याउन नगरपालिकाले विशेष पहल गरेपछि किशोरीहरू विद्यालय जान थालेका हुन् । नगरपालिकाले किशोरीलाई विद्यालय जाँदा पुस्तक, झोला र स्टेशनरी प्रदान गरेपछि उनीहरू नियमित विद्यालय जान थालेका हुन् । बोदेबर्साइन नगरपालिका–३ की कुशमाहारकी १४ वर्षीया काजलकुमारीले किशोरी शिक्षा कार्यक्रम बरदान नै सावित भएको बताउनुहुन्छ । अहिले कक्षा ५ मा अध्ययनरत किशोरी काजलकुमारीले भन्नुभयो, “अहिले नगरपालिकाले विद्यालय पढ्न जान हामी किशोरीलाई झोला र कपीकलम उपलब्ध गराएपछि विद्यालय जान हौसला बढेको छ ।” विद्यालयमा राम्रोसँग पढेर आफू जस्तै पढ्नबाट वञ्चित किशोरीलाई विद्यालयको पहुँचमा पु¥याउन भविष्यमा सहयोग गर्ने काजल बताउनुहुन्छ । यस्तै कक्षा २ मात्र पढ्न पाएर घरायसी कारणले पढाइ छाडेकी बोदेवर्साइन नगरपालिका–३ गौरा बस्ने १३ वर्षीय सञ्जना पनि आफ्नै घर नजिक सञ्चालन भएको किशोरी शिक्षा केन्द्रका कारण पुनः विद्यालयमा फर्किन पाएको मा खुसी व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “किशोरी शिक्षा कार्यक्रम र नगरपालिकाको सहयोगले हामी जस्तो किशोरीको जीवनमा शिक्षाको उज्यालो भरिदिएको हो ।

” सञ्जना अहिले दौतरीसँगै स्थानीय चन्द्रा नमुना माध्यमिक विद्यालयमा कक्षा ५ मा पढन् पाएकोमा खुसी हुनुहुन्छ । काजल र सञ्जना जस्तै विद्यालयको शिक्षादेखि बाहिर रहेका एक सय ९८ जना किशोरी अहिले नियमित विद्यालय जान थालेका छन् । नगरपालिकाले किशोरीलाई विद्यालयमा टिकाउन झोला र स्टेशनरी प्रदान गरी उनीहरूको औपचारिक शिक्षाको सारथी बनेको छ । बोदेबर्साइन नगरपालिका नगर शिक्षा अधिकृत रामसागर यादवले विद्यालय जान छाडेका किशोरीलाई विद्यालयमा ल्याउन सकेकामा ठूलो उपलिब्ध भएको बताउनुहुन्छ । “किशोरीलाई विद्यालयमा टिकाउन निरन्तर रूपमा अनुगमन गर्नुका साथै अभिभावकसँग पनि भेटघाट गरी उत्प्रेरणा दिने काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो “अहिले किशोरीहरूलाई विद्यालय नियमित जानका लागि प्रोत्साहनस्वरुप झोला र स्टेसनरी उपलब्ध गराएका छौँ ।” नगरपालिकाले युनिसेफको आर्थिक सहयोग तथा जिल्ला समन्वय समिति पर्साको प्राविधिक सहयोगमा किशोरी शिक्षा कार्यक्रम सञ्चालन गरी नगरभित्र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई विद्यालय शिक्षाको पहुँचमा ल्याउन किशोरी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अन्तर्गत नगरपालिकाका विभिन्न वडामा १० वटा किशोरी शिक्षा केन्द्र सञ्चालन गरेको छ ।

नौ महिनासम्म समुदायमा किशोरी शिक्षा कक्षा सञ्चालन गर्दा एक सय ९८ जना किशोरी सो कक्षामा अध्ययन गरी अहिले विद्यालयको नियमित शिक्षाका लागि विद्यालय जान थालेका छन

Comment


Related News