अपडेट 
२०७९ मंसिर २८, बुधबार ०७:२२

धनुषाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

मंगलबार धनुषा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा कैद सजाय पाएका तत्कालीन गाविस भुतही पर्टेवा १ का दिनेश मण्डल पक्राउ परेका छन् । जिल्ला अदालत धनुषाले उनलाई ०७७ चैत २४ गते पाँच वर्ष कैद सजायको फैसला सुनाएको थियो । अदालतको आदेशपछि फरार भएका उनलाई प्रहरीले ९ महिनापछि पक्राउ गरेको छ । सोही ठाउँका सुखचेन मण्डलले उनीमाथि जाहेरी दिएका थिए । पक्राउ परेका दिनेशलाई कारागार चलान गरिएको छ । कैद भुक्तानीको लागि धनुषा प्रहरीले उनलाई जलेश्वर कारागार पठाएको छ ।

Comment


Related News

Latest News

Trending News