अपडेट 
२०७९ मंसिर २८, बुधबार ०७:४२

महोत्तरीको रामगोपालपुर नगरपालिका ५ की नेहा चौधरीलाई ससुरा घर प्रवेशमा रोक लगाइएको छ ।

डा. पंकज चौधरीसहित का घर परिवारले अदालतको आदेशलाई उपेक्षा गर्दै नेहालाई घर प्रवेश गर्न दिएका छैनन् । जिल्ला अदालत महोत्तरीले सोमबार घरेलु हिंसा मुद्दामा सुनवाइ गर्दै नेहालाई घर प्रवेश गर्न दिन आदेश दिएको थियो । सोही आदेश अनुसार नेहा मंगलबार घरमा बास बस्न पुगेकी थिइन् । तर डा.पंकज चौधरीसहित उनको परिवारले घर प्रवेशमा रोक लगाएका छन् । घर प्रवेश गर्न पुगेकी नेहासँग उनको परिवारले विवाद गरेका थिए । विवादपछि केही समय नेहा घर अगाडि धर्ना दिएकी थिइन् । स्थानीय जनप्रतिनिधिसँग गुहार माग्दै उनले घर प्रवेश गराइदिन माग गरेकी थिइन् । तर कसैले चासो नलिएपछि उनी घर फर्केकी छन् । अव उनी कानूनी लडाई लड्ने तयारी गरेको उनका वकिल रिंकु कुमारी यादवले जानकारी दिइन् । रिंकु उनको सबै मुद्दा निःशुल्क रुपमा बहस गरिरहेकी छन् । नौ महिना अघि औरही नगरपालिकाकी नेहाको रामगोपालपुरका पंकजसँग विवाह भएको थियो । चिकित्सा पेशामा रहेका पंकज काठमाण्डुको ग्रान्डी र नर्भिक अस्पतालमा कार्यरत्त थिए । श्रीमतीमाथि हिंसा गरेको आरोपमा मुछिएपछि पंकज जागिरबाटसमेत निकालिएका छन् । आधा दर्जन भन्दा बढी मुद्दा नेहा र पंकजको घटनामा सात वटा मुद्दा दर्ता भएको छ ।

पाँच वटा मुद्दा नेहाले पंकजमाथि गरेका छन् भने दुई मुद्दा पंकजले नेहामाथि दिएका छन् । पंकजले जिल्ला अदालत महोत्तरीमा सम्बन्ध विच्छेद र उच्च अदालत जनकपुरमा निषेधाज्ञा मुद्दा दिएका छन् । सम्बन्ध विच्छेद मुद्दामा सुनुवाई शुरु भएको छैन् भने निषेधाज्ञा मुद्दामा एक वटा पेशी चढेको छ । मंगलबार उक्त मुद्दाको पेशी राखिएको थियो । तर स्थगित बेञ्चमा परेपछि सुनुवाई भएको छैन् । यही मुद्दाको अर्को पेशी पुस १९ गते तोकिएको छ । यस्तै, नेहाले पनि श्रीमान पंकजमाथि पाँच वटा मुद्दा दिएकी छन् । अंश मानाचामल, घरेलु हिंसा, जालसाजी, लिखित बदर र दाइजो सम्बन्धी कसुर मुद्दा पंकजमाथि दिइएको वकिल यादवले जानकारी दिइन् । दाइजो मुद्दामा ५१ लाख नगदसहित सामान र पाँच वर्ष कैद दाबी गरिएको छ । तर यी सबै मुद्दा दर्ता गराइए पनि नेहा मिलापत्र गरी श्रीमान पंकजसँग बस्न तयार रहेको वकिल यादवको भनाइ छ । पंकज मिलापत्र गर्न सकारात्मक नभएको भन्दै उनले सकारात्मक भए नेहाले सबै मुद्दा फिर्ता लिने मनसायमा छन् ।

आदेशमा के छ ?

पंकजलाई विपक्षी बनाइ नेहाले घरेलु हिंसाको मुद्दा यही २५ गते जिल्ला अदालत महोत्तरीमा दर्ता गराएकी थिइन् । मुद्दामा सोमबार सुनुवाई भएको थियो । दुबै पक्षको अधिवक्ताहरुले बहस गरेपछि न्यायाधीश युवराज गौतमले आदेश दिएका थिए । न्यायाधीश गौतमले नेहालाई संरक्षणात्मक पाँच बुंदे आदेश दिँदै इज्जत साथ आमद अनुसार खान लगाउन दिनुको साथै सुरक्षित साथ स सम्मान घर बस्न दिन आदेश दिएको छ । गाली गलौज नगर्न÷नगराउन, धम्की, कुटपिट, शारीरिक तथा मानसिक यातना र जिउ ज्यानमा असर पुग्ने कुनै पनि गतिविधि नेहाँसँग नगराउन आदेशमा उल्लेख गरिएको छ । जाहेरी वलाको वकिल रिंकुले नेहाको भरण पोषण खर्चको समेत दाबी गरेकी थिइन् । तर न्यायाधीश गौतमले प्रतिवादीको आम्दानीको स्रोत पहिचान गरी सो विवरण पेश गर्न निर्देशन दिएका छन् । सो विवरण प्रमाणसहित अदालतमै विचाराधीन रहेको अंश मुद्दामा समावेश गरी पुनः सुनुवाईका लागि पेश गर्नुपर्ने निर्देशन आदेशमा उल्लेख छ ।

Please subscribe our official youtube channel below and support us.

Comment


Related News