
रौतहटको गौरमा विष्णु महायज्ञ हुने भएको छ । २०७९ फाल्गुन ४ गते देखि शुरू हुने महायज्ञको लागि गौर राइस मिलको मैदानमा मंगलवार देखि पंडाल निर्माणको कार्य शुरु भएको छ ।
विश्व कल्याण हेतु तथा सनातन धर्मको रक्षा गर्ने उद्देश्यले यो ५१ कुंडीय विष्णु महायज्ञको आयोजना गरिएको महायज्ञका अध्यक्ष राम अनुराग दासले जानकारी दिए । भव्य रुपमा हुन लागेको महायज्ञको अनुमानित लागत २ करोड़ रहेको छ । महायज्ञमा भारत तथा नेपालका ख्याति प्राप्त संत ,महन्त तथा कथावाचकको सहभागिता रहने छ । वृन्दावन , अयोध्या , बनारस लगायतका धार्मिक स्थलका संतहरु महायज्ञमा आउने अध्यक्ष दासले जानकारी दिए । वृन्दावनधाम बाट कथाबाचिका हेमलता शास्त्री , अयोध्याबाट जन्मेजय शरण,महन्त अवधेश दासको उपस्थति रहने आयोजकले जनाएको छ । महायज्ञको भव्य बनाउनका लागि धार्मिक प्रवचन,रासलीला , झुला , खेल सहित मनोरंजनका कार्यक्रमहरु हुने छन । भक्तजनहरुलाई विशेष सुविधाको व्यवस्थासमेत गरिएको तयारी समितिका संयोजक सन्तोष केसरीले जनाए ।
महायज्ञको सफलताको लागि रौतहट जिल्लावासी तथा छिमेकी मुलुक भारतबाट सहयोग गर्न यज्ञका अध्यक्ष राम अनुग्रह दास विकास बाबाले आग्रह गरेका छन । महायज्ञ फाल्गुन ४ गते देखि शुरू भइ १४ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।