अपडेट 
२०७९ मंसिर २८, बुधबार ०७:५७

२३ वर्षदेखि थन्किएर बसेको बकुलिया स्थित खानेपानी टयाङ्कीबाट पानी सुचारु गर्न जीतपुरसिमरा उपमहानगरपालिका लागेका छन् ।

उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले सर्वपक्षीय बैठकको आहवान गरी डिभिजन खानेपानी कार्यालय कलैयाका प्रमुख किशोरी यादवलाई खानेपानी सुचारु गर्न निर्देशन दिएका छन् । उनले आर्थिक तथा प्राविधिक सहयोगको जोहो गराएर जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर –५ बकुलिया र वडा नम्बर –७ जीतपुरको जनतालाई घर घरमा धारा पुर् याएर खानेपानी खुवाउने लक्ष्य लिएर उपमहानगरपालिका अघि बढिरहेको छ ,जसमा सबैको साथ आवश्यक रहेको बताएका छन् । खानेपानी समिति बकुलियाका प्रमुख अजित सिंहले बारम्बार विभिन्न पक्षबाट आएको अवरोधले आफूहरु खानेपानी वितरण गर्न नसकेको बताएका छन् । कहिले बाढी आएर खोलाको पानीले खानेपानीको पाइप बगाइदिने ,कहिले सड्क निर्माण भएर अवरोध सिर्जना हुने ,कहिले आर्थिकको अभाव लगायतको कारणले बकुलिया र जीतपुर क्षेत्रमा खानेपानी वितरण गर्न नसकेको बताएका छन् ।

त्यस्तै,डिभिजन खानेपानी कार्यालय कलैयाका प्रमुख किशोरी यादवले खानेपानीका टयाङ् की लगायत अन्य उपकरणहरु राम्रो अवस्थामा रहेकाले करिब १ करोडको लागतमा जीतपुर र बकुलिया क्षेत्रमा खानेपानी वितरण गर्न सकिने जानकारी दिए । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष संजय कुमार साहले उपमहानगरपालिकाबासी भएर पनि खानेपानी खान नपाउँनु दुर्भाग्यको कुरा भएको बताएका छन् ।

उनले वर्तमान खानेपानी समिति खानेपानी वितरण गर्न असक्षम छ भने राजिनामा दिएर नयाँ समिति बनाउनलाई बाटो प्रशस्त गर्दिनुपर्ने धारणा राखे।

Comment


Related News

Latest News

Trending News