अपडेट 
२०७९ मंसिर २८, बुधबार १८:०१

भारतको सहयोगमा निर्माण हुने तठबन्धको एक कार्यक्रम बिच बुधबार शिलान्यास भएको छ ।

चितवन जिल्लामा निर्माण हुने तटबन्ध तथा एप्रन (ढुङ्ग्रे खोला नदी नियन्त्रण) निर्माणको शुभारम्भको बुधबार बीरगंज स्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नितेश कुमार र खैरहनी नगरपालिकाका मेयर शशिकुमार खनियाले संयूक्त रूपमा शिलान्यास गरेका छन् । भारत–नेपाल विकास साझेदारी अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) को रूपमा खैरहनी नगरपालिका वडा नम्बर ७ र १०, सुल्तानामा निर्माण हुने दुबै तटबन्ध परियोजनाको अनुमानीत लागत क्रमश ४० लाख र ६० लाख रहेको छ ।
शिलान्यस कार्यक्रममा बोल्दै महावाणिज्यदूत नितेश कुमारले परियोजनाको कार्यान्वयन हुने आशा व्यक्त गर्दै सबैको साथ र सहयोगमा तोकिएको समय भित्र निमार्ण काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल र भारतबीच रहेको घनिष्ठ सम्बन्धमा अर्को कोसेढुङ्गा हुने उक्त प्रतिष्ठित आयोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न भारत सरकारको पूर्ण सहयोग रहने आश्वासन समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै मेयर खनियाले उक्त परियोजना तथा विकास साझेदारी र द्विपक्षीय सहयोग अन्तर्गत भारतबाट निरन्तर सहयोगको लागि भारत सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

सन् २००३ देखि, भारतले नेपालमा ५३२ एचआईसीडीपीहरू लिएको छ र नेपालका सबै प्रदेशहरुमा स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ र अन्य सार्वजनिक सुविधाहरूको निर्माणको क्षेत्रमा ४७५ परियोजनाहरू पूरा गरेको छ । तीमध्ये चितवन जिल्लाका ९ आयोजना सहित वाग्मती प्रदेशमा १०३ एचआईसीडीपी परियोजना रहेका छन् ।

भारत र नेपाल बहुपक्षीय र बहुक्षेत्रीय विकास साझेदारी साझा गर्दछ । जसले दुवै देशका जनता बीचको निकटता झल्काउँछ । आजको शिलान्यासले प्राथमिकताका क्षेत्रमा पूर्वाधार निर्माण गर्न नेपाल सरकारको प्रयासलाई पूरक बनाउन भारत सरकारको निरन्तर प्रतिबद्धता झल्काउँने बताइएको छ।

 

Comment


Related News

Latest News

Trending News