
दाइजो विरुद्धको कसुरमा महोत्तरीका डा. पङ्कज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको रामगोपालपुर वडा नं ५ का वर्ष ३५ को चौधरीलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको थियो ।
पत्नी नेहा चौधरीले दिएको दाइजो विरुद्धको जाहेरीको आधारमा डा. पङ्कजलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोष पोखरेलले जानकारी दिए ।दाइजो विरुद्धका कारबाही गर्न चौधरीमाथि अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए । डा.चौधरीलाई जिल्ला प्रहरी कार्यालय जलेश्वरको हिरासतमा राखिएको छ । गत वर्षको फागुनमा नेहा र पङ्कजको सामाजिक परम्परा अनुसार विवाह भएको थियो । जसमा नेहाको माइत पक्षले नगद र सुनचाँदी गरी १ करोड २५ लाख रुपैयाँ खर्च गरेको थियो । पङ्कजले दाइजोमा काठमाण्डुमा घर किनिदिन भन्दै आफूमाथि कुटपिट तथा यातना दिँदै भन्दै नेहाले जिल्ला अदालत महोत्तरीमा घरेलु हिंसा तथा दाइजोका विरुद्धमा दुई वटा मुद्दा दायर गरेका थिए ।
नेहाले आफूमाथि कुटपिट तथा यातना दिँदै आएको पत्रकार तथा मानव अधिकार सहितको निकायमा पनि जाहेरी दिएका छन् ।
please subscribe our official youtube channel below and support us.