अपडेट 
२०७९ मंसिर २९, बिहीबार ०७:४४

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले शिक्षा क्षेत्रमा राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।

संस्थागत विद्यालयको स्तरीकरण र शुल्क निर्धारण गर्ने काम नेपालमै पहिलो पटक गरिएको भन्दै उनले यसलाई कार्यान्वयनमा लैजान एकअर्कासँग हातेमालो गरेर अघि बढ्नु पर्नेमा जोड दिएका छन् । प्याब्सन पर्सा जिल्ला समिति र महानगर समितिको साधारण सभामा मेयर सिंहले संस्थागत विद्यालयको स्तरीकरण र शुल्क निर्धारणले शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । मेयर सिंहले महानगरको शिक्षालाई विशेष प्राथमिकता दिएको बताउँदै केही कमी कमजोरी र असन्तुष्टि भएमा सच्याउँदै जान सकिने पनि बताए । ‘निजी विद्यालयको वर्गीकरण गर्नु एउटा ठूलो उपलब्धि हो । यसमा केही त्रुटि पनि होलान्,’ मेयर सिंहले भने,‘ उचित असन्तुष्टिलाई सामाधान गर्दै र त्रुटिलाई सच्याउँदै एकअर्कासँग हातेमालो गरेर अघि बढ्न सकियो भने वीरगञ्जको शैक्षिक क्षेत्रले ठूलो फड्को मार्नेमा म ढुक्क छु ।’ केही व्यक्तिले अनावश्यक रुपमा शिक्षालाई राजनीतिकरण गर्ने दुष्प्रयास गरिरहेको भन्दै मेयर सिंहले राजनीति नै गर्ने भए दलमा आएर खुला रुपमा राजनीति गर्न पनि आग्रह गरे । आफूले शिक्षालाई राजनीतिबाट टाढा राखेर सुधार गर्न चाहेको भन्दै उनले यसमा सबैको साथ दिन अनुरोध गरे ।

विद्यालयमा शुल्क बढाउने प्रतिस्पर्धा नगरी शैक्षिक गुणस्तर वृद्धि गर्ने प्रतिस्पर्धा गर्न सुझाव दिँदै उनले महानगरका शैक्षिक योजनाहरुमा प्याब्सनले पनि साथ,सहयोग र सुझाव दिनुपर्ने बताए । प्याब्सन पर्साका अध्यक्ष पुरण प्रधान र महानगर समितिका अध्यक्ष आलोक चौरसियाको संयुक्त सभापतित्वमा साधारण

Comment

Related News

Latest News

Trending News