अपडेट 
२०७९ मंसिर २९, बिहीबार ०८:२३

भारतको सहयोगमा निर्माण हुने तठबन्धको एक कार्यक्रमबीच बुधबार शिलान्यास गरिएको छ ।

चितवन जिल्लामा निर्माण हुने तटबन्ध तथा एप्रन (ढुङ्ग्रे खोला नदी नियन्त्रण) निर्माणको शुभारम्भको बुधबार वीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नितेश कुमार र खैरहनी नगरपालिकाका मेयर शशिकुमार खनियाले संयुक्तरूपमा शिलान्यास गरेका छन् । भारत–नेपाल विकास साझेदारी अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) को रूपमा खैरहनी नगरपालिका वडा नम्बर –७ र १०, सुल्तानामा निर्माण हुने तटबन्ध परियोजनाको अनुमानित लागत क्रमश ४० लाख र ६० लाख रहेको छ । कार्यक्रममा महावाणिज्यदूत नितेश कुमारले परियोजनाको कार्यान्वयन हुने आशा व्यक्त गर्दै सबैको साथ र सहयोगमा तोकिएको समय भित्र निमार्ण काम सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले नेपाल र भारतबीच रहेको घनिष्ठ सम्बन्धमा अर्को कोसेढुङ्गा हुने उक्त प्रतिष्ठित आयोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न भारत सरकारको पूर्ण सहयोग रहने आश्वासनसमेत व्यक्त गरे ।

कार्यक्रममा मेयर खनियाले उक्त परियोजना तथा विकास साझेदारी र द्विपक्षीय सहयोग अन्तर्गत भारतबाट निरन्तर सहयोगको लागि भारत सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् । सन २००३ देखि भारतले नेपालमा ५३२ एचआईसीडीपीहरू लिएको छ र नेपालका सबै प्रदेशहरुमा स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई र अन्य सार्वजनिक सुविधाहरूको निर्माणको क्षेत्रमा ४७५ परियोजनाहरू पूरा गरेको छ । तीमध्ये चितवन जिल्लाका ९ आयोजना सहित वाग्मती प्रदेशमा १०३ एचआईसीडीपी परियोजना रहेका छन् ।

भारत र नेपाल बहुपक्षीय र बहुक्षेत्रीय विकास साझेदारी साझा गर्दछ । शिलान्यासले प्राथमिकताका क्षेत्रमा पूर्वाधार निर्माण गर्न नेपाल सरकारको प्रयासलाई पूरक बनाउन भारत सरकारको निरन्तर प्रतिवद्धता झल्काउने छ।

Comment


Related News

Latest News

Trending News