![](https://ejanakpurtoday.com/wp-content/uploads/2022/12/dead_20220723113331.jpg)
धनुषामा धान कुट्ने मिलको फित्तामा बेरिएर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको मिथिला बिहारी नगरपालिका ५ ललियाकी ४५ वर्षीया श्रीमती कालो देवी साह रहेकी छन् ।
बिहीबार बिहान स्थानीय रामअशिष मण्डलको मिलमा धान कुटाउन गएकी कालो देवीको फित्तामा बेरिएर घटनास्थलमै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
उनको शवलाई पोस्टमार्टको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृतकको श्रीमान महिन्द्र साह बैदेशिक रोजगारीमा रहेका छन भने उनको ३ छोरी र १ छोरा गरी ४ सन्तान छन ।
please subscribe our official youtube channel below and support us.