अपडेट 
२०७९ पुष १, शुक्रबार ०७:२१

श्रृष्टिको सन्तुलन, नियन्त्रण कायम राख्न मृत्यु एउटा आवश्यक प्रक्रिया हो । मरणोत्तर संस्कारलाई नै श्राद्ध कर्म भनिन्छ । जसको उद्देश्य हो (१) दिवंगत जीवलाई आफ् नो कुटुम्ब परिवारको मोह, ममताबाट छुटकारा दिलाउनु–ममता मुक्ति (२) पितृ ऋण मुक्ति (३) शोक–सन्तापको विदाई (४) सूक्ष्य शरीरमा, विचारणा, चेतना–भावनाको संचार (५) सूक्ष्म शरीरलाई शुभकर्मबाट उत्पन्न सुगन्धानुभूति प्राप्ति आदि ।

मानिसको मृत्यु पश्चात, मृत शरीरलाई विधिवत अन्त्येष्टि संसकारको माध्यमबाट अग्नि यज्ञमा होमिन्छ । अस्थि विर्सजन पश्चात श्राद्ध कर्म प्रारम्भ हुन्छ । चित्ता शान्त भएको चौथो दिन अस्थि अवशेष एकत्रित गरी कलशमा राखिन्छ र त्यसलाई रातो बस्त्रले बेरि सुरक्षित गरिन्छ । अस्थि कलशलाई नदी, तलाव, पवित्र जल वा गंगा नदीमा प्रवाहित गर्ने चलन छ । अस्थि अवशेष एकत्रित भएकै दिन, मलामीमा सम्मिलित शुभेच्छुक, सगा सम्बन्धित, मित्र बन्धु आदि सम्पूर्ण पुरुषवर्गले क्षौर कर्म (कपाल कटाउने) गर्छन । तेस्को दोश्रो दिन अर्थात पाँचौ दिन मरणोत्तर संस्कारलाई श्राद्धकर्म, यमदेव पूजन, पितृपूजन, तर्पण, व्रह्मयज्ञ, पिण्डदान, पंचबलि आदि सम्पूर्ण कर्मकाण्ड सम्पन्न गरि विसर्जन गर्न सकि हालिन्छ । तेश्रो दिन अर्थात छैठौ दिन पितृपक्ष र साँतौ दिन शुद्धि दिवश मनाउन सकि हाल्छ । १३ दिन, १२ दिन, १० दिनको समयावधिलाई साप्ताहिक श्राद्धद्वारा सन्क्षेपिकरण गरि समयलाई बचन गर्न सकि हालिन्छ । आखिर १३, १२, १० दिनमा पनि उही कर्मकाण्ड सम्पन्न गरिन्छ जुन साप्ताहिक श्राद्धमाा गरिने हो । श्राद्धका मूल कर्म यति नै हुन् । आजको अतिव्यस्त समयमा समयको महत्वलाई नकारन्न सकिदैन । मानिसलाई एकक्षिण पनि फुर्सत छैन । दौडादौडको यस व्यस्त जीवनमा सात दिनको श्राद्ध कर्ममा बचत गरिनु कतिको ठूलो उपलब्धि मान्न सकिन्छ ? समय छोट्याउनु बुद्धिमानी हुन्छ । श्राद्ध कर्ममा, यमदेवता, पितृ आवाहन …… आदि कर्म मात्र सम्पन्न हुने हो । तेसको लागि यति विधि फजुल समय खर्चिनु जायज र बुद्धिमानी पनि होइन । आखिर गर्नुत श्राद्ध नै हो ।

इतिहासको काल खण्डमा झाँकने हो भने पाउनुहुन्छ, पिता पूर्खाले मासिक श्राद्ध कर्मलाई छोट्याई आजको १३ दिवसीय अवस्थामा ल्याई पुर्याएका छन् । समय, परिस्थिति, विज्ञान, प्रविधिको विकास र युग परिवर्तनको साथै यी मान्यताहरुमा पनि बदलाव आउनु स्वभाविक र प्राकृतिक नै हो । तेस उसले यस परिवर्तनलाई आत्मसाथ गरी शुभारम्भ गर्नाले कोटि कोटि हाम्रा हिन्दू दाजुभाईका समय र अर्थको बचत हुनेमा कुनै शंका छैन । दोश्रो कुरा श्राद्धको शोकाकुल वातावरणमा भोज–भतेर, दावत आदिमा लाखौं रुपैयाँको अपव्यय गर्नु कतिको उचित कदम हो ? हाम्रा ऋषि मुनिले यस्ता शोकाकुल दुःख, पीडाको अवस्थामा भोज, दावतको पद्धतिलाई कहिले पनि स्वीकार गरेको छैन होला । मृतकको सद् गति होस् । यसमा द्विमत छैन । मृतको आत्मालाई शान्ति, सदगति मिलोस मान्यतालाई नकारन्न सकिदैन । अवश्य चरितार्थ होस् । एकातिर शोक, पीडा, घर देखि अस्पताल, डाक्टर, दवाकाो लाखौं रुपैयाँको वीलहरु र अर्को तिर भोज । यस हृदय विदारक प्रथाले मानव जाति माथि घोर कलंक लागेको छ । यस्ता शर्मनाक कार्यले हाम्रा आउने पुस्ता कहिले पनि आफ्ना शिर उभो गर्न पाउँदैन । समय परिवर्तनको साथसाथ हामी पनि परिवर्तित होऔं । इशाई, इश्लाम, बौद्ध र संसारका अन्य अरु अरु धर्म जातिलाई नियालेर हेरौं, मृत्यु मृत्यु पछिको दावत, भोजको कतै पनि प्रष्ट चर्चा छैन । यस्ता सामाजिक विकृतिलाई समयको साथै पलायन हुन दिनु पर्छ । दिवंगत पुरुषको नामबाट अन्य दान, धर्म आदिकाो कामहरु गर्न प्रशस्त अवसर त छदैन । वहाँले अधुरा छाडेका कामकाज पुरा गरे पनि हुन्छ ।

ॐ शान्ति ।

Comment

Related News

Latest News

Trending News