अपडेट 
२०७९ पुष १, शुक्रबार ०७:३८

धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका ओम प्रकाश महतो (दिलीप) हत्या मुद्दामा साक्षी बुझ्ने आदेश जिल्ला अदालत धनुषाले दिएको छ ।

अदालतमा दुई दिन भएको बसहले विहीबार टिपर धनी कृष्ण कुमार महतोको साक्षी बुझ्ने आदेश दिइएको छ । दिलीपलाई ०७६ पुस २५ गते चुरियामाई बालुवा प्रशोधन क्रसर उद्योगका ना ७ ख ६४१३ नम्बर प्लेटको टिपरले किचेर हत्या गरेको आरोप छ । अदालतका न्यायाधीश भिष्मराज गौतमले साक्षी बुझ्ने आदेश दिएका छन् । मुद्दामा बुधबार बहस नसकिएपछि मुद्दा र्हेदा–र्हेर्देमा राखिएको थियो । अब सवारी धनीको नाममा म्याद जाने जाहेरीवालाको वकिल वरिष्ठ अधिवक्ता सुरेश लाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार म्यादपत्र गएपछि उक्त व्यक्ति अदालतमा हाजिर हुनेछन् । अदालतले उनको बकपत्र लिनेछन् । बकपत्र अदालतले लिएपछि पुनः पेशी तोकिने छ । सो अन्तिम पेशी हुनसक्ने वकिलहरुको अनुमान छ । सोही पेशीमा फैसला हुने सम्भावना रहेको अधिवक्ता श्रेष्ठले बताए । बहसमा जोहरीवालाको तर्फबाट सात जना वकिलले बहस गरेका थिए । सुरेश लाल श्रेष्ठ, राजु फुयाल र शुभम् आचार्य, पदम बहादुर श्रेष्ठ, आरजु कार्की, सडकोण श्रेष्ठ र सरकारी वकिलको तर्फबाट मोहन प्रसाद दाहालले बहस गरेका थिए ।

प्रतिवादीको तर्फबाट आरोपित मुनिन्द्र महतोको वकिलले बहस गरेका थिए । हत्या आरोपमा धनुषा प्रहरीले क्रसर सञ्चालक विपिन महतोसहित सात जनालाई पक्राउ गरेको थियो । पक्राउ परेको मध्ये धरौटी रकम बुझाएर चार जना तारेखमा रिहा भइसकेका छन् । रोशन कुमार यादव, विनोद महतो, सत्यनारायण महतो र शत्रुधन महतो रिहा भइ थुना बाहिर छन् भने मुनिन्द्र महतो, विपिन महतो र जितेन्द्र महतो पुर्वपक्षका लागि थुनामा छन् । जाहेरीवालाको वकिलले आरोपितहरुमाथि जन्मकैद हुनुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने दाबी गरेका छन् ।

please subscribe our official youtube channel below and support us.

Comment


Related News