अपडेट 
२०७९ पुष १, शुक्रबार ०७:४५

सप्तरीमा ऐलोपेथिक औषधि पसलमा छ् याप–छ्याप्ती आर्युवेदिक औषधि बिक्री भइरहेको छ । कानूनी व्यवस्था अनुसार त्यस्ता औषधि अनुमति प्राप्त आयुर्वेदिक औषधालयले मात्र बिक्री गर्न पाउने व्यवस्था छ । तर यसको नियमन हुन नसक्दा एलोपैथिक औषधि पसलले समेत खुलेआम आयुर्वेदिक औषधि बिक्री गर्दै आइरहेको छ । जसकारण औषधि व्यवस्था विभाग तथा सम्बन्धित निकायमा विधिवत दर्ता गरी संचालनमा रहेका आयुर्वेदिक औषधि पसल संचालक मारमा परेका छन ।

सप्तरीको राजविराजमा मात्रै एलोपैथिक औषधि पसलको संख्या २ दर्जन भन्दा बढी छ । त्यस मध्ये अधिकांशले आयुर्वेदिक औषधि बिक्री वितरण गर्ने गरेको पाइन्छ । अर्काे तीर राजविराजमा झण्डै ८ वटा आयुर्वेदिक औषधि पसल दर्तामा छन् । नियम विपरीत एलोपैथिक औषधि पसलले समेत आयुर्वेदिक औषधि बिक्री वितरण गर्न थालेपछि दर्ताको कुनै औचित्य नरहेको एक आयुर्वेदिक पसलेले गुनासो गरेका छन् । यति मात्र होइन । राजविराजको सिरहा रोड र हटियामा २ वटा आयुर्वेदिक औषधि पसल बिना दर्ता नै संचालनमा रहेको छ । यसको पनि नियमन हुन सकेको छैन । अनुमति नै नलिएका केही औषधि विक्रेताले जथाभावी आयुर्वेदिक औषधि बिक्री वितरण गरेको देख्दा अचम्ममा परेको छु ‘नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादवले भने–सम्बन्धित निकायले. अनुगमन गरेर यस्ता कार्य बन्द गर्नुपर्छ ।’ अर्का स्थानीय रमेश साहले प्रक्रिया पु¥याएर अनुमति पत्र लिएर मात्र कुनै पनि औषधि बिक्री गर्न पाइने कानूनी व्यवस्था रहेको बताए । जथाभावी बिक्री गर्न पाइदैन । यो नियम विपरीत हो, उनले भने– प्रशासनले अनुगमन गरेर नियन्त्रणमा लिनुपर्ने हो । उनले प्रभावकारी अनुगमन हुनुपर्नेमा जोड दिए । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सप्तरीका प्रमुख डा. शिवशंकर यादवले एलोपैथिक विक्रेताले आयुर्वेदिक औषधि बेच बिखन गर्न नपाउने ब्यवस्था रहे पनि केही विक्रेताले यसको पालना नगरेको बताउँदै यस सम्बन्धमा औषधि ब्यवस्था विभागले नै आवश्यक निगरानी र कारबाही गर्नुपर्ने बताए । औषधि ब्यवस्था विभागबाट केही दिन अघि मात्र यहाँका औषधि पसलहरुको अनुगमन गरिएको थियो । विभागका प्रमुख फार्मेशी अधिकृत टेकेन्द्र मिश्रको नेतृत्वमा अनुगमन गर्दा नगर क्षेत्रका अधिकांश औषधि पसल बन्द गर्दै संचालक सम्पर्कविहीन बनेका थिए । अधिकृत मिश्रले भने –यहाँका केही औषधि पसलमा समस्या र विकृत्ति छ । उनले अब मापदण्ड विपरीत कार्य गर्ने औषधि पसलमा छड्के अनुगमन गरिने छ ।

Comment


Related News

Latest News

Trending News