अपडेट 
२०७९ पुष १, शुक्रबार १०:१२

फरार सूचीमा रहेका डा. पंकज चौधरीका बुवा रामप्रवेश चौधरीले उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गराएका छन् । बिहीबार दिउँसो स्वयं अदालतमा हाजिर भई उनले पंकजलाई थुनामुक्त गराउन बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गराएका हुन् ।

पंकज अहिले श्रीमती नेहा चौधरीमाथि घरेलु हिंसा गरेको आरोपमा महोत्तरी प्रहरीको नियन्त्रणमा छन् । सोही मुद्दामा नेहाले ससुरा रामप्रवेशसँगै ६ जनालाई विपक्षी बनाएकी छन् । तर, एकजना मात्रै पक्राउ छन् । महोत्तरी प्रहरीको फरार सूचीमा रामप्रवेशसँगै उनकी श्रीमती र छोरीहरू छन् । नेहाले फरार रहेका अन्य अभियुक्तलाई पनि पक्राउको माग गर्दै बिहीबार रामगोपालपुर नगरपालिकामा प्रदर्शन गरेकी थिइन् ।

पालिकामा तोडफोड गरेको आरोपमा प्रहरीले नेहा चौधरी र ‘कुमारी आमा’ निहारिका सिंहलाई पनि नियन्त्रणमा लिएको छ ।

Comment


Related News